लुदस,,
कपिलवस्तुको बाणगंगा ७ बनगाईमा रहेको पारिजात मा.वि बाट कृर्यापुत्रीले कक्षा १२ को परिक्षा दिएका छन् ।
बाणगंगा ५ झण्डाका शुशिल खनालकि माता ज्ञानकला खनालको गत सोमबार मृत्यु भएको थियो ।
कक्षा १२ को परिक्षा चल्दै गर्दा शुशिललाई मातृशोक परेको थियो । क्यानसर रोगबाट पिडित खनाल उपचारपछी घरमै मृत्यु भएको खनालका भान्जा नमराज शर्माले बताए ।
ज्ञानकलाका दुई छोरी र एक छोरा रहेको र सामान्य परिवारका भएको बताईएको छ ।
यता कृया अवस्थामै परिक्षा दिने शुशिलका लागि छुट्टै स्थानको व्यावस्था गरिएको विधालयका शिक्षक पदम के.सीले बताए ।
उनले कृर्यापुत्री बेन्चमा बस्न नहुने भनेपछी म्याट र अन्य व्यवस्था गरेको बताए । उनी पारिजातमै अध्यनन् गरेका विद्यार्थी समेत हुन् ।




















