मैत्रीपूर्ण फुटबलः नेपाल र ओमानबीच आज खेल हुँदै

[sharethis-inline-buttons]

काठमाडौं ,आश्विन १०

आगामी पुरुष साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग आज आइतबार मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपाल र ओमानबीचको खेल आइतबार कतार युनिभर्सिटी मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ बजे हुनेछ ।

आगामी अक्टोबर १ देखि १६ सम्म मालेमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल १५ असोजमा हुनेछ । दोस्रो खेल १८ असोजमा श्रीलंकासँग खेल्नेछ।

नेपालले तेस्रो खेल २४ असोजमा भारतसँग खेल्दा २७ असोजमा बंगलादेशसँग खेल्नेछ । तालिकाको शीर्ष दुई टोलीले ३० असोजमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।


प्रकाशित : २०७८ आश्विन १०, आईतवार १४:३२