काठमाडौं,आश्विन ११
काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियर नखुलेपछि काठमाडौं नै फर्किए अवतण भएको छ ।काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएपछि जहाज केहीबेर अघि मात्रै अवतरण भएको हो। अहिले स्थिति सामान्य रहेको विमानस्थल कन्ट्रोल रुमले जनाएको छ । यसअघि सो जहाज ल्याण्ड नहुन्जेसम्म विमानस्थलबाट कुनै उडान भरिएको थिएन ।अवतरण भए लगत्तैविमानस्थलमा हाइअलर्ट गरिएको थियो ।
जहाजमा सवार चालक दलका सदस्य र सबै यात्रु सुरक्षित रहेको कार्यालयले जानकारी दिएको छ । ‘९ एन(एएनआई’ कलसाइनको उक्त जहाज क्याप्टेन एजी शेर्पाको कमान्डमा थियो ।