आजबाट काठमाडौंमा १८ वर्षमाथिकालाई एस्ट्राजेनेका खोप लगाइदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौँ ,आश्विन ११

काठमाडौं महानगरपालिकामा आजबाट कोभिडविरुद्धको एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिन थालिएको छ । ३२ वटै वडाका खोप केन्द्र तथा सातवटा अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिएको महानगरले जनाएको छ ।महानगरका अनुसार १८ वर्षमाथिका सबै नागरिकले केन्द्रमा गएर खोप लगाउन सक्नेछन् ।बिहान १० बजेबाट सुरु भएको खोप कार्यक्रम अपराह्न ४ बजेसम्म चल्नेछ ।


प्रकाशित : २०७८ आश्विन ११, सोमबार १३:१२