असोज ११
आसन्न साफ च्याम्पियनसिपका लागि नेपाली टिम माल्दिभ्स प्रस्थान गरेको छ ।करिव दुई साता कतारको दोहामा प्रशिक्षण गरेको नेपाली टिम सोमबार दोहाबाट माल्दिभ्सको माले प्रस्थान गरेको हो।
अहिलेसम्म साफको उपाधि जित्न नसकेको नेपाली टिमले माल्दिभ्समा पहिलो खेल साविक विजेता तथा घरेलु टिमसँग अक्टोबर एक तारिखमा खेल्नेछ ।
नेपालको दोस्रो प्रतिद्धन्द्धी श्रीलंका रहेको भने तेस्रो खेल भारतसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । लिग चरणको शिर्ष दुइमा रहने टिमले फाइनल खेल्नेछन ।
माल्दिभ्सको वाताबरण अनुकुल आफुलाई अभ्यस्त गराउनका लागि नेपाली टिमले दोहामा क्याम्प राखेको हो । साफमा सहभागि टिमहरुमा श्रीलंकाले साउदी अरेबीयामा र माल्दिभ्सले दोहामा नै क्याम्प राखेका थिए ।




















