बर्दियामा बाघको आक्रमणबाट २१ वटा बाख्रा मृत्यु

[sharethis-inline-buttons]

काठमाडौं,असोज ११

बर्दियाको गुलरिया नगरपालिका ५ मा रहेको वृष पशुपन्छी तथा बाख्रापालन फार्ममा बाघको आक्रमणबाट २१ वटा बाख्रा मरेका छन्।

फार्म सञ्चालक चन्द्रकान्त पौडेलका अनुसार खोरमा बाघले ७ खसी, ७ माउ बाख्रा र ६वटा पाठापाठी मारेको छ। खोरमा भएकामध्ये एउटा बाख्राको पछाडि भाग खाएको र बाँकी सबैको घाँटीबाट रगत चुसेको पाइएको पौडेलले बताए। ु२१ मध्ये ७ वटा खसी दशैंमा बेच्‍न लायक भएका थिए।


प्रकाशित : २०७८ आश्विन ११, सोमबार १४:५४