ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पाल्पामा इन्टरनेट जडानमा अनुदान

लुम्बिनी दर्पण २०७८ आश्विन १२, मंगलवार १५:३६

पाल्पा, आश्विन १२

रिब्दीकोट गाउँपालिकाभित्रका नागरिकले सूचना प्रविधिको अत्यधिक प्रयोग गरी घर तथा टोलबाट नै सरकारी सेवा उपभोग गर्न थालेका छन् । गाउँपालिकाले पछिल्लो समय घरघरमा इन्टरनेट जडानमा अनुदान र स्मार्ट सूचना केन्द्रमा फोटोकपीसहितको इन्टरनेटको सुविधाले सरकारी कार्यालय धाउनुपर्ने बाध्यता हटेको हो ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीका अनुसार इन्टरनेटको प्रयोग सरकारी कार्यालयका सेवा सुविधाहरुको प्रयोग, स्थानीय उत्पादनको बजारीकरण, कला संस्कृति, विकास निर्माणका गतिविधिको संरक्षण गर्ने स्मार्ट टोल कार्यक्रम सञ्चालनमा ल्याएको हो । इन्टरनेट जडानका लागि पाँच हजार अनुदानसमेत प्रदान गरिएको जानकारीदिए ।

इन्टरनेट जडानपछि ग्रामीण बस्तीमा मानिसहरु जिल्ला सदरमुकाम तानसेन तथा सरकारी कार्यालयहरुमा धाउनुपर्ने झन्झट टरेको छ । विद्युत् महसुल, बैंकिङ, शेयर कारोबार गर्न कार्यालय नै धाउनुपर्ने बाध्यता हटेपछि नागरिकहरु उत्साहित देखिएका हुन् । गाउँपालिकाभित्रका नागरिकलाई पायक पर्ने टोलमा स्मार्ट सूचना केन्द्रको स्थापना गरिएको छ । घरमा इन्टरनेटका पहुँच नभएका परिवारका निम्ति स्मार्ट सूचना केन्द्रबाट सेवा उपभोगको व्यवस्था गरिएको छ । हालसम्म आठ सूचना केन्द्र र ३०० घरपरिवारमा इन्टरनेट जडान गरिएको अध्यक्षले जिसीले बताए । प्रतिपरिवार पाँच हजारका दर अनुदानसमेत प्रदान गरिएको छ । ग्रामीण क्षेत्रमा इन्टरनेट जडानमा दश हजारभन्दा बढी खर्च हुन्छ ।

स्थानीय बासिन्दा कमला खनालले स्मार्ट सूचना केन्द्रमा पुगेर विद्युत्को महसुल, मोबाइल तथा टिभीमा रिचार्ज गर्न सजिलो भएको छ । घरबाट बाहिर रहेका परिवारका सदस्यहरुसँग कुराकानी गर्न सुविधा र खर्च कमी आएको खनालको दाबी छ । कोभिडका समयमा बालबालिका अनलाइनमार्फत अध्ययन गर्न पाउँदा खुसी छाएको थियो ।

सूचना केन्द्रबाट सूचना तथा विज्ञापन, फोटोकपी, प्रिन्टिङ, स्क्यानिङ, इमेल इन्टरनेट, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, योजना फरफारकमा सहजीकरण, मोबाइल तथा टिभी रिचार्ज, हवाई टिकट, फ्री वाइफाई जोन, रकम ट्रान्सफर्मर तथा शेयर आवेदनसम्बन्धी जानकारी, बिल भुक्तानी, विद्युत् तथा इन्टरनेट महसुल तिर्न सहज भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले गत आर्थिक वर्ष रु १२ लाख बजेट विनियोजन गरेर स्मार्ट टोल विस्तार कार्यक्रम थालिएको थियो । इन्टरनेट जडानका निम्ति चाहिने समान वितरण गरिएको थियो । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत सञ्चालित यो आवमा १२ लाख बजेट विनियोजन गरिएको प्रजिअ प्रेमचन्द्र अर्यालले बताए। ग्रामीण बस्ती इन्टरनेट जडान आर्थिक रुपमा बोझिलो थियो । स्थानीय सरकारले बस्ती स्तरमा इन्टरनेट जडान पछि स्थानीयवासीको खर्च कमी हुने उनको दाबी छ । स्रोत रासस


प्रकाशित : २०७८ आश्विन १२, मंगलवार १५:३६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech