शिवरानी हत्या काण्ड आज १० वर्ष

[sharethis-inline-buttons]

, कोपवा
कपिलवस्तुको वाणगंगा ६ बैदालीकि शिवरानी थारुको २०६८ साल असोज १४ गते अर्थात १० वर्ष अगाडी हत्या भएको थियो ।
२०६८ असोज १३ गते साझ गाँउमा भएको थारु सांस्कृतिक कार्यक्रम हेर्न घरवाट निस्किएकि शिवरानी १४ गते नजिकैको नहरमा मृत अवस्थामा फेला परेकि थिइन् ।
घट्नाले १ दशक पार गरेपछी हालै मात्र संचारकर्मीहरुको पहलमा शिवरानी घट्नाको फाईल खुलेको छ ।
यस अगाडी ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा सुरुवाती चरणमा घट्नाको अनुशन्धान भएको भएतापनी घट्नाको अनुशन्धान गरेका तत्कालिन अनुशन्धान अधिकृतका रुपमा रहेका प्रहरी निरिक्षक शिशु शर्माको सरुवा भएपछी फाईल समेत बन्द भएको थियो ।

मृत्युको वारेमा इलाका प्रहरी कार्यालय गोरुसिंगे का तत्कालिन प्रहरी निरिक्षक शर्मा र पोष्ट मार्टम रिर्पोट ले बलात्कार पछि हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको भएता पनि हालसम्म पनी अपराधी पत्ता लाग्न सकेका छैनन् ।

पछिल्लो ९ वर्ष सम्म प्रहरीले कुनै कदम नचालेकै कारण हत्यारा पत्ता लाग्न नसकेको स्थानियको बुझाई छ । तर हालै आएर यसै महिना देखि फाईल ईलाका प्रहरी कार्यालय पिपरामा झिकाई अनुशन्धानको मौखिक जिम्मेवारी ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिनेश गुरु∙लाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक दान बहादुर कार्किले निर्देशन दिए लगत्तै केही अनुशनधानका चरण अगाडी बढ्ेको पाईएको छ

१० वर्षमा अनुशन्धान

९ वर्ष नखुलेको फाईलमा घट्नाको अनुशन्धानको जिम्मेवारी पाए लगत्तै
ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गुरु∙ले घट्नाको प्रारम्भिक चरणबाटै काम शुरु भएको र अनुशन्धानका कार्य तिब्रताका साथ अघि बढाईएको पाईएको छ । आफु अपराधि पत्ता लगाउन हर सम्बत लागि परेको उनको भनाई छ । यता संचारकर्मी हरुले घट्नाबारे उठान गर्दा मात्र प्रहरीले मिसिल फाईल खोल्ने गरेको पाइएको छ । यस वारेमा स्थानिय महिला समुह र बुद्धिजिविहरुले पट्क पट्क आवाज उठाएको भएतापनि कुनै सुनुवाई नभएको कोपवाकि महिला अधिकार कर्मी रिता पाण्डेले बताईन् ।

हत्यारा नजिकैको भएको र प्रहरी इमान्दारीताका साथ लागि पर्ने हो पत्ता लगाउन गाह्रो नपर्ने स्थानिय बुद्धिजिवी चिरन्जिवी गिरी को भनाई छ । त्यसका लागि आफुहरु सहयोग गर्न तयार रहेको तर प्रहरीको सकृयाता नभएकै कारण हत्यारा पत्ता लाग्न ठिलाई भएको गिरीले बताए । जिल्लाको प्रहरी संगठनमा नेतृत्व परिवर्तन हुदाँ पट्क पट्क यस विषयमा कुरा उठे पनी हत्यारा पत्ता लगाउन प्रहरी गम्भिर नहुदा न्याय हराएजस्तै भएको छ ।
हालै कपिलवस्तु आएका प्रहरी उपरिक्षक कार्कीलाई समेत यस विषयमा पत्रकार सम्मेलन र विभिन्न अवसरमा संचारकर्मीहरुले जानकारी गराईरहेका छन् । उनिमात्र होईन यस अगाडी ९ वर्ष सम्म जिल्लाको नेतृत्वमा आएका प्रहरी प्रमुखहरु सँग निरन्तर संचारकर्मीहरुले यस विषयको ध्यानाकर्षण गराएका थिए ।
प्रहरी संगठन गहन नहुदा पनि हत्यारा खुलेयाम घुमेको स्थानियको बुझाई छ । स्थानिय समाजसेवी राम प्रसाद बेल्वासेले हरेक वर्ष वार्षिक दिवस , अर्थात असोज १३/१४ मा संचार क्षेत्रमा कुरो उठ्दा मात्र यस घट्नामा प्रहरीले केही चासो दिए जस्तो गर्ने तर पछी विर्सने प्रवृति ले घट्ना दविदै गएको बताए । आफुहरुले अनुशन्धानका बारे पट्क पट्क जानकारी लिदाँ अपराधीको नजिक पुगेको बताउने तर भनेकै भरमा १ दशक वित्दा समेत पत्ता नलाग्नु प्रहरीकै गैहृ जिम्मेवारी पन भएको बताए । यता पछिल्लो समय ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गुरु∙को सकृयाताले भने पिडित परिवार र स्थानियमा केही आशा पलाएको छ । गुरु∙ले शिवरानी संगै अर्को वाणगगा ४ भावपुर कि २७ वर्षिया युवती गंगा पौडेल को हत्याराको विषयमा पनी अनुशन्धान शुरु गरेको बताएका छन् । उनले दुवै घट्नामा आशंकामा रहेका व्याक्ति हरु सँग जाचबुझ गर्ने कार्य गरेको बताए । थप विवरणका लागि अनुशन्धानका जुनसुकै प्रकृया पनी अपनाईने बताए । पौडेलको हत्या भएको ७ वर्ष वितिसक्दा पनि हत्यारा पत्ता लाग्ने सुईको समेत छैन् । उनको २०७१ श्रावण २ गते तिजको कपडा सिलाउन भनी गजेहडा बजार पुगेर फर्किदा घर नजिकैको जंगलमा निर्वस्त्र मृत आस्थामा फेला परेकी थिइन ।

उनको पनी बलात्कार पछी हत्या भएको अनुसन्धानले बताएको भएतापनी प्रहरीले पोष्ट मार्टम रिपोट समेत नदिएको बताउदै प्रहरीले घट्ना प्रती आलटाल गर्दै घर परिवारमै आरोप लगाउदै उक्कन खोजेको मृतकका ससुरा ससिधर पौडेलले मलिन स्वरमा बताए ।
यि दुवै जघन्य अपराधका बारेमा कपिलवस्तुका प्रहरीले घट्नाको अनुसन्धान दुत्र गतिमा भएको बताएको भएता पनि घट्नामा प्रहरी सुस्ताएको स्थानिय र घर परिवार का सदस्यहरुको गुनासो गरिरहदा हालै मात्र अनुशन्धानमा गाउँले र आशंकामा रहेका व्यक्तिहरुलाई निगरानी गरी अनुशन्धान गरेको प्रहरीको भनाई छ ।

घट्नाका बारेमा नागरिक अगुवा दोलख बहादुर पछाईले पनी दोषी पत्ता नलाग्नुको कमजोरी प्रहरी रहेको बताउदै प्रहरीले त्यती मात्र नभएर विभिन्न हत्या काण्डका अपराधीको अनुसन्धानमा ठिला सुस्ती गरेको भन्दै अनुसन्धान र प्रहरीलाई आफुहरुको साथ चाहिएमा जतिबेला पनी तयार रहेको बताए । यता हालै कपिलवस्तुमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका कार्की अनुशन्धान क्षेत्रमा अब्बल मानिन्छन् । उनले यी दुई विषयमा लुम्बिनी दर्पणकर्मीसँग कुराकानी गर्दै आफु आएपछी खाँसगरि पुराना मुद्धाहरुलाई गम्भिरताका साथ लिएको बताउदै कुनै घट्नाको दोषी पत्ता लगाउने मात्र नभई जो कोहीलाई पनी कानुनी राज्यको अनुभुति हुने बताए ।

साथै यी दुवै मुद्धामा ईलाका प्रहरी कार्यालय पिपरा र जिल्लामा डि.एस.पि सावलाई जिम्मेवारी दिई तदारुकताका साथ लागेको भन्दै यस अगाडी सामान्य खोजतलास मात्र गरि छाडिएको ले दोषि पत्ता लाग्न ढिलाई भएको र अव छिट्टै पत्ता लाग्ने बताए ।

यी घट्नामा आशा नै मानुपर्ने अवस्था नरहेको बताउदै उनले शुरुवाती चरणबाटै घट्नाको अनुशन्धान गर्ने क्रममा धेरै मानिसहरुसंग बुझने प्रयास भैरहेको र अनुशन्धान सागुरिदै गएको बताए । हामीले शिवरानीको हकमा असोज १४ सम्म हत्यारा पत्ता लगाईछाड्ने गरि लागेको भएतापनी केहि ठिलाई भएपनी अव हत्यारा नउम्कने बताए ।


प्रकाशित : २०७८ आश्विन १४, बिहीबार ०८:१९