काठमाडौं,आश्विन १४
काठमाडौं उपत्यकामा सभा,जुलुस,जात्रा जमघट गर्न अझै रोक लगाइएको छ। बिहीबार जिल्ला प्रशासन कार्यलय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना जोखिम कायमै रहेकाले अर्को आदेश नभएसम्म भिडभाडजन्य क्रियाकलाप गर्नमा रोक लगाएको हो।
होटेल वा पार्टी प्यालेसले कुनै बैठक,सेमिनार गोष्ठी,भोजजस्ता कायर्यक्रम गर्दा आगन्तुक वा सहभागीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जानकारी दिएका छन।
त्यस्तै,सार्वजनिक तथा निजी निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले नजिकिँदै गरेको चाडपर्वमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै भिडभाड नहुने गरी मनाउन आग्रह गरेका छन्।




















