सीता भण्डारी मृत्यु प्रकरण : फेरी चर्कियो न्याय माग्दै आन्दोलन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

तिलोत्तमा , असोज १४

तिलोत्तमा नगरपालिकामा युवतीको रहस्यमयी मृत्युको घटनालाई लिएर विगत दुई सातादेखि थाति राखिएको आन्दोलन पुनः चर्किएको छ । २६ दिनसम्म पनि शव उठाउन नमानेका माइती पक्षले अनुसन्धान प्रभावकारी नभएको र आफुहरुलाई चित्त नबुझेको भन्दै न्यायका लागि आफुहरुलाई स्थानियले साथ् दिन भन्दै पुनः आन्दोलन चर्काउने घोषणा गरेका छन्। तिलोत्तमा–८ मणिग्राम चार नम्बरकी २७ वर्षिया सीता भण्डारीको भदौ १९ गते राती आत्महत्या नभई हत्या भएको आरोप लगाउदै माईति पक्षले न्याय दिलाई पाउ भनि पुनः आन्दोलन शुरु गरेको छ ।आन्दोलनका क्रममा तिलोत्तमाका वडा कार्यालयहरुमा तालाबन्दी गरिएको छ भने सडक आन्दोलन मार्फत माईति पक्षले आन्दोलन चर्काउने बताएको छ ।

उनीहरुले बुधबार तिलोत्तमा नगरपालिकाका १७ मध्ये १३ वटा वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै मणिग्राममा प्रदर्शन गरेका छन् ।मृतक सीताका बुबा हरिप्रसाद भण्डारीले पौडेल परिवारले राजनीतिक र आर्थिक चलखेल गरेर मुद्दा कमजोर बनाउन खोजेको आशंका गरेका छन् । सीताको परिवार र इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवरबीच नजिकको सम्बन्ध ९आफन्त० भएकाले पनि आफूहरुको मुद्दा राम्रोसंग नहेरेको भण्डारीको गुनासो छ ।

इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन मानेको थिएन । त्यसपछि माइती पक्षले आन्दोलन चर्काएपछि आत्महत्या दुरुत्साहनमा उजुरीमा अनुसन्धान गरिरहेको छ ।जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० मनोज केसीले भने सीआईबीको टोलीले अनुसन्धान गरेकाले छिट्टै सत्य तथ्य बाहिर आउने बताए ।

आन्दोलन नरोकिएपछि प्रहरीले मृतकका श्रीमान टीका पौड्यालसहित तिलोत्तमा ५ का वडा सदस्य रहेका मृतकका जेठाजु हरि पौडेल र पौडेलकी दिदी ९आमाजू० विष्णुलाई नियन्त्रणमा लिएको छ ।

घटना हुनु अघिल्लो दिन ज्वाई टीका पौडेलले आफ्नो घरमा आएर अब ‘छोरीको भविष्यको आफैं व्यवस्था गर्नु’ भनेर गएको सीताका बाबु हरिप्रसाद भण्डारीको दावी छ ।डीएसपी मदन कुवँरले भने आफूहरूले अनुसन्धान गरिरहेको र पीडितको आशंका सही नरहेको दावी गरे । २७ वर्षीया सीताको ४३ वर्षीया टीकासँग दुई वर्षअगाडि मागी विवाह भएको थियो ।यसअघिकी श्रीमतीसँगको सम्बन्धविच्छेदपछि टीकाले दोस्रो विहे गरेका थिए । टीकाले पाल्पाको तानसेनमा ‘दी दरबार रिसोर्ट’ नामको होटल सञ्चालन गर्दै आएका छन् ।

सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले छोरीका परिवारको योजनामा आफ्नो छोरीले ज्यान गुमाउनुपरेको बताउनुभएको छ।


प्रकाशित : २०७८ आश्विन १४, बिहीबार १५:३८