
काठमाण्डौ, असोज १४
नेपाल टेलिकमले भोलि शुक्रवारदेखि आउँदो २५ गतेसम्म ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम कार्ड दिने भएको छ । संयुक्त राष्ट्र सङ्घको आयोजनामा विश्वव्यापी रूपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप निःशुल्क सिम प्रदान गर्ने भएको हो ।
यस सिममा १० रुपैयाँ ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ ।निःशुल्क सिम कार्डका लागि लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र ९जस्तै– नागरिकता प्रमाणपत्र, जेष्ठ नागरिकको परिचयपत्र० को प्रतिलिपि संलग्न गर्नुपर्ने बताइएको छ।

