तेक्वान्दो संघको चौथो अधिवेशन भैरहवामा हुने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौ,असोज १४

नेपाल तेक्वान्दो संघको चौथो अधिवेशन शनिबार भैरहवामा हुने भएको छ । संघले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गर्दै चौथो अधिवेशनको सम्पूर्ण तयारी पुरा भई अधिवेशन भैरहवामा गर्न लागिएको बताएको छ ।

अधिवेशनमा ५६ जिल्ला संघका अध्यक्ष, सात प्रदेशका अध्यक्षलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहने जानकारीदिइएको छ । खेलकुद विकास ऐनअनुसार सात प्रदेश गठन भइसकेको र आगामी मंसिरभित्र प्रदेश संघको अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गर्ने संघले जनाएको छ ।

अधिवेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र ११ जना सदस्य निर्वाचित गर्नेछ ।


प्रकाशित : २०७८ आश्विन १४, बिहीबार १७:५१