रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना हुदा १ को मृत्यु, २ घाइते

[sharethis-inline-buttons]

बुटवल ,आश्विन १५

रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना हुदा )एक जनाको मृत्यु भएको छ भने २ जना घाइत भएका छन पैदलयात्रा गरिरहेका आमा छोरीलाई मोटरसाइकलले ठक्कर दिदा मोटरसाइकलको ठक्करबाट २ वर्षीय बालिकाको मृत्यु भएको र उनकी आमा र मोटरसाइकलका चालक घाइते भएको हो ।

तिलोत्तमा नगरपालिका–१२ नौ नम्बर स्थित सडकमा लु ७१ प ५६३४ नम्बरको मोटरसाइकलको ठक्करबाट दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–१२ की २ वर्षीया पृषिका गाहा मगरको मृत्यु भएको प्रदेश प्रहरी कार्यालले जनाएको छ ।उनकी आमा २० वर्षीया संगिता गाहा र ठक्कर दिने मोटरसाइकलका चालक सोही ठाउँकै २५ वर्षीय सुवाष काफ्ले घाइते भएका छन् । गम्भीर घाइते भएकी बालिकाको क्रिमसन अस्पताल मणिग्राम हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा बिहीबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनकी आमाको पुरानो मेडिकल कलेज भरतपुरमा र मोटरसाइकलका चालक काफ्लेको मणिग्राम स्थित क्रिमसन अस्पताल उपचार भइरहेको जानकारी दिएको छ ।


प्रकाशित : २०७८ आश्विन १५, शुक्रबार १४:१५