रुपन्देहीमा सवारी दुर्घटना हुदा ३ जना घाइते

[sharethis-inline-buttons]

बुटवल ,आश्विन १५

रुपन्देहीमा दुर्घटना हुदा ३ जना घाइते भएका छन । जिल्लाको गैडहवा गाउँपालिका–६ गुलुरियामा शुक्रबार दिउँसो भारतीय प्लेट नम्बरको युपि–५५ ड्वलु–९६३० को मोटरसाइकलले र साइकल एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो । दुर्घटनामा परी ३ जना घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।घटनाका बारेमा पुरा विवरण आउन अझै बाँकी रहेको बताइएको छ ।


प्रकाशित : २०७८ आश्विन १५, शुक्रबार १८:११