आज ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि हुदा १ हजार १२३ जना कोरोनामुक्त,९ को मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं ,असोज १६

आज बितेको २४ घण्टामा ८ हजार २१९ नमूना परीक्षणमा ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ५ हजार ५९८ नमूनाको पीसीआर र २ हजार ६२१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ६५९ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। आज थप १ हजार १२३ जना कोरोनामुक्त भएका मन्त्रालयले जानकारी द्एको छ।हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेका छन ।


प्रकाशित : २०७८ आश्विन १६, शनिबार १७:०३