तनहुँ ,आश्विन १७
तनहुँको एक युवकले राजनीतिसँगसगै व्यावसायिक कृषि पेशा अङ्गालेका छन्। व्यासनगरपालिका–१३ बेलबास निवासी वसन्त आलेले सोही ठाउँ नजिकै पोखरी भञ्ज्याङमा व्यवसायिक रुपमा मेवा खेती शुरु गरेका हुन् । मेवाखेतीको लागि आलेले जग्गा भाडामा लिएका छन् । नेपाल विद्यार्थी सङ्घको केन्दीय
फल राम्रो लाग्ने र बिक्रीको लागि पन्ध्र्र दिनसम्म टिकाउ हुने भएकोले सो जातको मेवा खेती गरिएको आले बताउन्छन् । स्थानीय जातको मेवा दुईरतीन दिन पनि टिकाउ नहुने र कुहिने भएकोले नयाँ जातको मेवाको बिरुवा लगाएको आलेको भनाई छ । पहिलो पटक अनुभव लिँदै छु, कस्तो फल दिन्छ हेर्न बाँकी छ, राम्रो भएमा खेती विस्तार गर्दै लैंजान्छु’’ आलेले भने । दुई सय ९० रोपनी क्षेत्रफलको बाँझो जमिनलाई भाडामा लिएर दुई हजार बिरुवा हुर्काई सकेको र थप पाँच हजार विरुवा लगाउने काम भईरहेको कृषक आलेले जानकारी दिए।
छ महिना अघि लगाईएको बिरुवा फल लागेर छिप्पिदैै गएकोले एक वर्षमै आम्दानी लिन सकिने विश्वास लागेको आले बताउँछन् । हाल भारतमा उत्पादन भएको मेवाले ९९ प्रतिशत बजार लिईरहेकोले आलेले उत्पादन गरेपछि आयात घटाउन समेत मद्धत पुग्ने विश्वास लिईएको कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘‘नेपालको हावापानी राम्रो भएकोले स्वादिलो हुनुको साथै जमिन बाँझो रहेर खेर गईरहेकोले स्वदेशी उत्पादन बढाउन मेवा खेती नै रोज्नु उपयुक्त देखिएको छ’’ केन्द्र प्रमुख तिवारीले भने । कृषक आलेको मेवा खेतीको स्थलगत रुपमै अध्ययन गरेर प्राविधिक ज्ञान समेत प्रदान गरिएको तिवारीले जानकारी दिए । ‘‘ठुलो जोश र जाँगरका साथ आलेले खेतीशुरुवात गरेको देखियो, उदाहरणीय बनि जमिन बाँझो राख्न हुँदैन भन्ने सन्देश प्रवाह गरेको छ’’ तिवारीले भने ।
प्रतिरोपनी वार्षिक रुपमा एक हजार भाडा दिने गरी जमिन भाडामा लिएको उनले जानकारी दिए। १० वर्ष सम्मको लागि जग्गा भाडामा लिईएको र सोही क्षेत्रमा बाख्रा तथा पाडा पाल्नको लागि खोर गोठ निर्माण गर्ने योजना बनाएको आलेले बताए । एउटा बीउको रु।२८ परेको आले बताउँछन्। ताइवनबाट दश ग्राम प्याकेटको रु।नौ हजार परेको र फल राम्रो फल्ने जानकारी समेत पाएको कृषक आले बताउँछन् । आले वि।स। ०५१ सालमा दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा स्ववियू सभापति हुदै ०५३ बाट ०६९ सम्म तीन कार्यकाल नेपाल विद्यार्थी सङ्घ तनहुँका जिल्ला अध्यक्षको नेतृत्व लिएर काम गरिसकेका छन् । राजनीति र कृषि कर्मलाई सँगसगै लैजाने आले बताउँछन् । स्रोत अमरराज नहर्कीरगोरखापत्र