तिलोत्तमाकी चेलीको कृष्णनगरमा रहस्यमय मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

तिलोत्तमा ,अशोज १७

रुपन्देहीको तिलोत्तमाकी चेली कृष्णनगर नगरपालिका वडा नं ३ मा रहस्यमय मृत्यु बनेको छ । स्थानीय गोविन्द कौशलकी २६ वर्षीय पत्नी सरस्वती कौशलको मृत्युलाई परिवारजनले आत्महत्या र मृतकका माईती पक्षले हत्या हो भन्ने सूचना प्रहरीलाई दिए पछि घटना रहस्यमय बनेको हो । मृतक सरस्वती कौशलको माईती रुपन्देहीको तिलोत्तमा ७ मा पर्दछ ।

मृतक सरस्वतीका दाजु संजय कौशलले मृतकका पति गोविन्द कौशल, जेठाजु बृजेश कुमार कौशल र सासु कान्तिदेवी कौशल उपर आफ्नो वहिनीको हत्या गरेको किटानी जाहेरी ईलाका प्रहरी कार्यालय कृष्णनगरमा दिएका छन् । घटना बारे सुक्ष्म अनुसन्धान शुरु गरिएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । ।

मृतक सरस्वतीको गत जेठ २२ गते मागी विवाह भएको थियो । मृतक बहिनीलाई विवाहा पछि दाईजोको रुपमा मोटरसाईकल थप चाहियो भन्दै आफ्ना ज्वाई र उनको घरपरिवारबाट पटक पटक मानसिक यातना दिने गरिएको मृतकका दाजु संजयले बताएका छन । बहिनीको हत्यालाई आत्महत्या बनाएर घटनालाई मोड्न खोजिएको उनको आरोप छ ।

घटनाको सत्य तथ्य छानविन गरी दोषी उपर कडा कारवाही हुनु पर्छ भन्दै माईती पक्षले माग गरीरहेका छन । मृतकका पति र उनको घर परिवारले भने घटना आत्म हत्या नै भएको दाबी गरिरहेका छन् ।

यही असोज १४ गते ििवहीबार मृथ्यु भएका थियो ।माईती पक्षलाई यस्तो घटनाद भयो भन्दै विहन करिब चार बजेको समयमा खबर गरेका थिए । माईती पक्ष घटना स्थल पुग्दा मृतक सरस्वतीलाई वेडमा कपडाले मुख ढाकेर सुताईएको थियो । मृतक सरस्वती एक्ली छोरी थिइन ।


प्रकाशित : २०७८ आश्विन १७, आईतवार १५:०७