हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य कमल क्षेत्रीले राजनीतिमा युवाहरुले नेतृत्व लिनुपर्ने समय आएकाले बैचारिक तथा सांगठनिक हिसावले पार्टीलाई अघि बढाउन युवाहरुको भूमिका अहंम हुने बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल बाणगंगा ५ वडा कमिटि भेला तथा अधिवेशनमा यस्तो बताएका हुन् ।
कार्यक्रमका विशिष्ट अतिथि तथा बाणगंगा नगर कमिटिका अध्यक्ष समेत रहेका क्षेत्रीले राष्ट्रको समृद्धि, देशको विकास र सामाजिक न्यायका लागि नेकपा एमाले नै उत्तम विकल्प रहेको बताए । जिल्लाका १० वटै स्थानीय तहभन्दा कमल क्षेत्री नेतृत्वको बाणगंगा नगर कमिटि तदारुकताका साथ लागि परेको छ ।
पार्टीलाई मजबुद, बलियो र सबल बनाई संमृद्ध समाज निर्माणका लागि युवासंघको अहम भुमिका रहने नगर अध्यक्ष क्षेत्रीले बताए । दुख सुख जस्तो अवस्थामा पनि खटेर पार्टीका क्रियाकलाप सम्पन्न गर्दा कुनै समस्या भएमा नगरपालिका भित्रका युवा संघ सम्पुर्ण वडा कमिटिलाई जति वेला पनि जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै वडा कमिटिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । क्षेत्रीले व्यक्तिवादी राजनिति गर्ने व्यक्ति पार्टीको असल कार्यकर्ता हुनै नसक्ने दावि गरे ।




















