६७९ संक्रमित थपिदा, १४०५ जना संक्रमणमुक्त , सातको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं, असोज १७

पछिल्लो २४ घण्टामा नेपालमा ६७९ जनामा कोरोना भाइरस संक्रमण थपिदा १४०५ जना संक्रमणमुक्त भएका छन्। १० हजार ९२० जनाको नमुना परीक्षण गर्दा ६७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जना संक्रममितको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको मन्त्रालयले जनाएको छ ।


प्रकाशित : २०७८ आश्विन १७, आईतवार १८:१६