
बुटवल ,आश्विन १८
रुपन्देहीमा भारतीय नागरिकले खुकुरी प्रहार गरि एक जनाको हत्या गरेका छन्। मापसे सेवन गरेका मजदुरहरुमा सानो विषयमा भएको खटपटले खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीलेजानकारी दिएको छ।
आइतबार राति शुद्धोधन–३, बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता–३ का अवधेश चमारको सोही उद्योगमा कार्यरत भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
रविले अवधेशलाई खुकुरी हानेपछि उनका बाबु गोपिचन्दलाई समेत खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारपछि अस्पताल लैजाने क्रममा अवधेशको बाटोमै मृत्यु भएको र उनका पिता र प्रहार गर्ने रविको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

