
मोहन बेल्वासे
घट्स्थापना नजिकिएसँग कपिलवस्तुमा मुर्ति बनाउन यतिखेर मुर्तिकारहरु व्यस्त रहेका छन ।
यस वर्षको घटस्थापना ं यहि असोज २१ गते परेको छ । घटस्थापना संगै दुर्गा स्थापना गरिन्छ ।
यहाँ नगर मात्र होइन, गाउँका चोकचोकमा पनि घटस्थापनाका दिन दुर्गा मूर्ति स्थापना गरिन्छ ।
नवदुर्गा अवधिभर पूजा गर्ने प्रचलन यहाँ वर्षौंदेखि छ । दशै शुरु हुन अब केही दिन मात्रै बाँकी रहेकोले कपिलवस्तु , रुपन्देही सहित तराईका जिल्लाहरुमा नव दुर्गा माताको मुर्ति बनाउन मुर्तिकारहरुलाई यतिबेला भ्याई नभ्याई रहेको छ ।
माटोको मुर्ति विक्रि गर्नको लागि माटोको दुर्गाको मुर्ति बनाउन मुर्तिकारहरु अहिले रातदिन खटिरहेका छन ।
कपिलवस्तुको मायादेवी गाँउपालिका नजिक , सदरमुकाम तौलिहवा, बाणगंगाको वडा नं ६ र , कृष्णनगर नगरपालिकाका विभिन्न स्थानहरुमा १ महिना अघिदेखी नै मुर्तिकारहरु कडा मिहनतका साथ दुर्गा माताको मुर्ति बनाउनमा देखिएको छन ।
यसवर्ष आफुहरुले मुर्ति बनाउन शुरु गरेको दिनदेखी अहिले सम्म ३६ भन्दा बढी मुर्ति बनाईसकेको मायादेवी गाउँपालिका नजिक बजारमा मुर्ति बनाउँदै गरेका मुर्तिकार राम अवत साहनीले लुम्बिनी दर्पणलाई बताए बताए ।
निकै आर्कषक देखिने माटोका मुर्ति ५ देखी १० हजारसम्म लागत खर्चमा मुर्तिकारहरुले बनाउने माटोका मुर्ति १५ हजारदेखी ३० हजार सम्म बिक्री हुने गरेको सहानीले बताए ।
त्यस्तै आफुले प्रत्येक वर्ष दशैको सिजनमा १ महिना देखि मुर्ति बनाउन व्यक्त रहने गरेको र मुर्तिबाट १ देखी २ लाख रुपैया सम्म आम्दानी गर्ने गरेको सहानी बताउछन् ।
यी मुर्ति बनाउन सहानी लगाएत भारतको अलिगढवाका सागर गुप्ता सहित अन्य सहयोगि समेत रहेको बताईएको छ । ३६ वटा साना ठुला मुर्ति विक्री गर्दा करिव ६ लाख बढी हुने र राम्रै आम्दानीको श्रोत रहेको गुप्ताको भनाई छ । साहनीले आफ्ना दाजु पनी यसै पेशमा रहेको र दाजुले रुपन्देहीको मायादेवी गाउपालिका वेथरीमा मुत्र्ति बनाईरहेको बताए । भारतका कारिगढ गुप्ताले आफ्नो पुख्र्यौली पेशाका रुपमा रहेको मूर्तिकला पेशा लाई निरन्तरता दिदै यस वर्ष पनि दुर्गाको मुर्ति बनाएको बताए।
परिवारको जीवीकोपार्जनकै लागि वर्षै देखि मुर्ति बनाउने पेशामा लागेका गुप्ता र सहानीले यस वर्ष ३६ वटा मूर्ति बनाएर अरुलाई पनी रोजगार समेत दिएका हुन । यता जिल्लाको बाणगंगा ६ का ढुनमुन थारु पनी वर्षौ देखि मुर्ति बनाएर परिवार पाल्दै आएका छन् । २५ वर्ष देखि मुर्ति बनाउदै आएका उनी ५२ वर्ष का भए । गाउँघरमा माग भए बमोजिम थोरै मुर्ति मात्र यस वर्ष बनाएको उनले बताए ।

