एक सफल व्यक्ति भित्रको कथा ःजसको बावुछोरा एकैदिन विद्यायलय गए ।

[sharethis-inline-buttons]

लुदस बुटवल
अभिवक्ता विमलराज भट्राईलाई बुटवल र आसपासको बजारमा नचिन्ने कमै होलान् । भटराई अभिवक्ता मात्र होईन् । एक सफल व्यपारी पनि हुन् ।


अर्कोतिर रुपन्देहीमा रहेका तीन दर्जन भन्दा धेरै संघ संस्था आवद्ध समाजिक अभियन्ता पनि हुन् भने मुलत नेपाली काँग्रेस बुटवल नगर उपसभापति पद बसेर १२ बर्ष निरन्तर काम गरेका व्यतिm पनी हुन् । जसका कारण धेरैसंग उनको परिचय छ । उनी एक संघषसिल सफल व्यक्तित्व विगततिर पनि लागौ
खासगरी वाल्यकाल पढाइतिर शुरु गरौ ।

भटराईको स्कुल जाने दिन र उनका बुबा पढाउन दिन एकैपटक परेको थियो उनले विगत सम्झीए ।म पढ्न जाने एकै दिन थियो संजोग जिल्ला शिक्षा कार्यालय पाल्पाले शिक्षक खोजिरहेको रहेछ । मेरो बुवा हरिद्वारबाट पढेर घर फर्किनुभएको थाहा पाएपछि शिक्षा कार्यालय पाल्पाले नियुक्तिपत्र घर पठाइदिएको रहेछ ।

शुक्रबार साँझ सो पत्र हुलाकी मार्फत घरमा पुगेछ । अर्को दिन शनिवार भएकोले आइतबारको दिन बुवा पढाउन र म पढ्न पढाउन जानेदिन एकैदिन एकै समय थियो । बुवाले हात समातेर डोरेर लगेको बारीको बाटो अझै यो मानसपटलमा ताजजै छ ।भर्खर स्थापना भएको विद्यालय १ देखि ३ सम्म पढाइ हुने,श्री जोगबाणि प्राथमिक विद्यालय ढुकुर खोला पाल्पा भुवनपोखरी ३ मा मैले अध्ययन गरेको हुु ।
तीन कक्षा पास भई त्यसपछि ४ र ५ कक्षासम्मको पढाई पढ्न श्री बाल विनोद प्राथमिक विद्यालय देउराली झिरुवास जो घरदेखि दुई घण्टा उकालो हिडेर जानुपर्छ जहाँ प्राचार्य खगेश्वर मरासिनी हुनुहुन्थ्यो।


अनि म छ सात कलास पढ्नका लागि म ठुलीआमा कहाँ अमलाबास छहरा गए। ठूली आमाको घर ध्वाँघाट बसेर अमलाबास छहरामा श्री भैरव नवदीप निम्न माध्यमिक विद्यालय पाल्पामा पढे।

त्यसपछि घर फर्केर घरबाटै रिडिखोला किनार सिद्धेश्वर अर्चलेमा रहेकोको श्री वेद वेदाङ्ग संस्कृत माध्यमिक विद्यालय देउले अर्चले पाल्पामा आठ नौ कलास संस्कृत पढ्ने अवसर प्राप्त भयो।

घरदेखि विद्यालय धेरै टाढा थियो हाम्रो घर रिडी खोलाको किनार पर्ने भएकोले खोलै खोला किनारबाट स्कुल जानुपर्ने थियो। त्यही ८,९ कलाश पढ्दा खेरी पौडी खेल्न रिडीखोलामा सिकेको थिए। यसपछि छोरालाई पढाउनुपर्छ भनेर बुवाले बुटवलमा ल्याएर श्री उजिर सिंह माध्यमिक विद्यालय बुटवल २ रुपन्देहीमा राखिदिनुभयो ।
नौ कक्षामा भर्ना भई पढ्न सुरु गरे दस कक्षा पढ्दापढ्दै मामाघर जाने र श्री हेमराज माध्यमिक विद्यालय हथौसा कपिलवस्तुमा पढ्ने निणर्य भयो ।

त्यहीबेला मामा पनि नेपाली शिक्षक सहायक प्रधानाध्यापक हुनुहुन्थ्यो । त्यहाँ ४,६ दिनको पढाइपछि मेरो विशेष विषय श्री वाणगंगा माध्यमिक विद्यालयमा मिल्ने हुँदा बाढगंगा माध्यमिक विद्यालय गजेहडा पडेर त्यही बाट एसएलसीको उत्तीणर् गरे ।

२०४५ सालको एस एल सी ब्याज हु म । उच्च शिक्षा बुटवल बहुमुखी क्याम्पस बुटवल रुपन्देहीबाट कानुन विषयमा अध्ययन गरे। कक्षामा बसेर पढेको यति नै हो । तर यो जिन्दगी ले त्यो भन्दा धेरै गुणा ठूलो परिमाणमा सिकाई र भोगाई अनुभबरू दिएको छ। त्यसको लागि औपचारीक अनौपचारीहरु सिकाईहरुको मेरा लागि महाविद्यालय जस्तै बन्ने यी अनुभवनहरु आए ।बुटवल उद्योग वाणिज्य संघ रूपन्देही (२००८) प्रवेश २०५४ डिलर समिती, कार्य समिति, बोर्ड सदस्य, कोषाध्य हाल महासचिव बनेर काम गरेको छु ।

यसअधि रोट्रयाक्ट क्लब बुटबल डाउनटाउन पूर्वअध्यक्ष -२००४/००५ ।बुटवल जेसीज पूर्व अध्यक्ष २००९ राष्ट्रिय लोक गीत प्रतिष्ठान नेपाल रुपन्देही २०६४/२०६७ पूर्व अध्यक्ष ,रोटरी क्ल्व बखल डाउन टाउन अध्यक्ष २०१५/१६,विजनेश न्यूज मिडिया प्रा.लि.पूर्व अध्यक्ष२०६९/७२ ,नेपाल बार एसोसिएसन बुटवल उच्चअदालत वार सदस्य बने त्यस्तै एमनेस्टी इंटरनेशनल रुपन्देही जिल्ला सदस्य,डेमोक्रेटिक लायन्स एसोसिएशन रूपन्देही जिल्ला सदस्य रहेको छु ।

यस्तै सिद्धार्थ गौतम मुटु अस्पताल बुटवल – सस्थापक सदस्य ,बुटवल हिलपार्क परिषद संस्थापक सदस्य ,मानव अधिकार तथा समाज रुपन्देही आजिवन सदस्य,बुटवल नगर विकास समिती सदस्य २०६९-७२ बस्ने अवसर प्राप्त भयो ।

ति अवसर जिवन र समाजसगँ थप नजिक बनाएको छ यस्तै रुपन्देही उद्योग संघ सदस्य,नेपाल स्वयंसेवी रक्तदाता संघ अजीवन सदस्य ,श्री बाबा निलकण्ठ आधात्म मन्दिर आजिवन सद्स्य , शिव पञ्चायन मन्दिर बुटवल ७ को आजिवन सदस्य ,श्री राधा कृष्ण मन्दीर बुटवल ८ आजिवन सदस्य भै वेला वेला सिक्ने अवसर प्राप्त भैराखेको छ। ती सिकाईहरु मेरा समाजलागि थप उपयोग अझै गर्ने छु ।

यसरी समाजिक संघ सस्था धार्मिकदेखि व्यावसायीक संघ सस्थाको नेतृत्व गर्दा नेपाल दलहरु समाज बदल्छन् विश्वास छ । त्यही आधारमा हाम्रो समाज चलेको छ । यति धेरै संघ संस्थामा काम गर्दा राजनीति भन्दा बाहिर जान सक्ने कुरै भएन । मेरो राजनीति र पढाईसँग सगै आगडि बढेको हो ।

नेपाल विद्यार्थी संघको सदस्य २०३७ साल पाल्पा छहरा, बुटवल बहुमुखी क्याम्पस कानून संकाय आइ. एल. बि. एल. हुदै नेपाली कांग्रेस क्रियाशिल २०५२ लिएको थिए । नेपाली कांग्रेसको १२औ राष्ट्रिय महाअधिवेशन बुटवलनगर समिती उपसभापती, १३औ राष्ट्रीय महाधिवेशन बुटवल उपमहानगर समिती उपसभापति हँुदै गर्दा मैलै बुझे राजनीति भित्र आफ्नो स्वाभिमान, स्वतन्त्रता र स्व-विवेक प्रयोग गर्न सकियो भने समाज प्रतिको जिम्मेवारी र कर्तव्य बढेर आउँछ गर्दा मैलै बुझे राजनीति भित्र आफ्नो स्वाभिमान, स्वतन्त्रता र स्व-विवेक प्रयोग गर्न सकियो भने समाज प्रतिको जिम्मेवारी र कर्तव्य बढेर आउँछ !!


प्रकाशित : २०७८ आश्विन १९, मंगलवार १५:०५