
बुटवल, आश्विन २१
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बिहीबारदेखि बुटवलमा दशैं सस्तो बजारको सुरुवात भएको छ । यहि असोजको २५ गतेसम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तु तथा नया नोट सटहीको समेत गरी ३० स्टल राखिएको छ । दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको नयाँनोट सटहीको लागि ग्लोवल आईएमई बैंकले व्यवस्थापन गरेको छ । नेपाल दुग्ध बिकास संस्थानको दुग्दजन्य उत्पादन, साल्ट ट्रेडिङ्को नुन लगायतका दैनिक उपभोग्य सामाग्रि सहित मासु तथा अण्डा समेत सस्तो बजारमा राखिएको छ । दशैं सस्तो बजारमा बाहिर बजारमा भन्दा सुलभ मुल्यमा उपलब्ध गराईने संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ ९कुलप्रसाद०ले बताए ।
दशैं सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री अजय शाहीले उपभोक्ताको हितलाई मध्येनजर गरेर बुटवल उद्योग वाणिज्य संघले स्रहानीय काम गरेकोमा प्रशंसा गर्नुभयो । संघले गरेको दशैं सस्तो बजारमा मन्त्रालयको तर्फबाट आफूले सहयोग गर्ने कुरामा जोड दिए ।
प्रदेशको अस्थायी मुकाम बुटवलमा तोकिएपछि संरचना बनाउने क्रममा बुटवल उद्योग वाणिज्य संघले प्रदेश सभा र प्रदेश सभा सचिवालयको लागि आफ्नो भनव उपलब्ध गराएको स्मरण गर्दै उनले संघले गरेको योगदान अतुलनीय रहेको बतानुभयो । मन्त्री शाहीले दशैंको समयमा दैनिक उपभोग्य बस्तुको खरिदमा उपभोक्ता ठगिने गुनासो आउने स्मरण गर्दै अनुमनलाई प्रभावकारी बनाउन समेत सरकारी संयन्त्रलाई निर्देशन पनि दिनुभयो । मन्त्री शाहीले निजी क्षेत्रको विकासको लागि आफूले काम काम गर्ने बताउँदै त्यसको लागि १२ वटै जिल्लाका निजी क्षेत्रसंग बसेर रायसुझाव लिने समेत बताए ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै औद्योगिक तथा व्यवसायिक वातावरण बनाईदिन सरकारसंग माग गर्नुभयो । उनले संघले विपन्न परिवारलाई लक्षित गरेर दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको स्मरण गर्दै यो २० औं संस्करणको भएको बताउनुभयो । कोरोना भाईरस महामारीका कारण अघिल्लो वर्ष भने दशैं बजार सञ्चालन गरिएको थिएन ।
कार्यक्रममा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाका प्रमुख टेकराज भट्टराई, संघका सल्लाहकार तथा पूर्व अध्यक्ष अर्जुनमान सैंजु, उपभोक्ता हित संरक्षण मञ्चका समुन्द्र जिसी, बुटवल उपमहानगरपालिका वडा नं। ६ का वडा अध्यक्ष तेजप्रसाद विक, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव बिमलराज भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।