बुटवलमा लाखौको पटाकासहित १ जना पक्राउ

[sharethis-inline-buttons]

बुटवल , आश्विन २३

रुपन्देही प्रहरीले ९ लाख बराबरको पटाकासँगै एकजनालाई प्रक्राउ गरेको छ । विभिन्न आकार र साइज तथा नामका १५ हजार ३ सय ८१ प्याकेट ५७५ केजीको ९ लाख मूल्य बराबरको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रकाउ पर्नेमा पमहानगरपालिका–११ मजुवा बस्ने ३१ वर्षीय बिस्मिल्ला मिया रहेको प्रहरीले जनाएको छ ।

बुटवल उपमहानगरपालिका–११ मजुवास्थित दिलिप केशरीको घर भाडामा लिई पसल संचालन गर्ने एक जना व्यक्तिले लुकाईछिपाई पटाकाहरु राखेको भन्ने गोप्य सूचनाका आधारमा पसलमा छापा मार्दा पटाका बरामद गरी पसल सञ्चालकलाई नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिएका छन ।


प्रकाशित : २०७८ आश्विन २३, शनिबार १८:०९