ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

‘तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोगको कारक’

लुम्बिनी दर्पण २०७८ आश्विन २४, आईतवार १२:०९
[sharethis-inline-buttons]

२४ आश्विन

तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोग बढाउने मुख्य कारक रहेको चिकित्सकले बताएका छन् । सामाजिक, आर्थिक, वातावरणीय प्रभाव र कुलतका कारण पनि मनोरोग हुने उनीहरुको भनाइ छ । समयमै उपचार गरेमा रोगबाट बच्न सकिने जनाइएको छ ।

 

मनो चिकित्सक डा गिरिराज भन्तना तनावपूर्ण वातावरण घटाउनु पर्ने र स्वस्थ जीवनशैली अपनाउनुपर्ने बताउँछन् । उनले भने, “ यसबाट बचाउनका लागि परिवार, समाज र राष्ट्रको भूमिका हुन्छ ।” बंशाणुगत हिसाबले जोखिममा रहेका व्यक्तिलाई वातावरणीय अनुकूलता मिलाउनुपर्ने उनको भनाइ छ । ब्युटीफूल माइण्ड इन्स्टिच्युट अफ साइक्याट्री, खैरहनीका अध्यक्षसमेत रहनुभएका डा भन्तना मदिरा लागुऔषध दुव्र्यसनीमा मनोरोगको जोखिम बढी हुने बताउँछन् ।

रोग लागिहालेमा विशेषज्ञ चिकित्सकसँग समयमा नै उपचार गरेमा निको हुने उनले बताए । उनले भने “व्यक्तिसँग सुहाउँदा वातावरणीय अनुकूलता मिलाउनुपर्छ । त्यही खालको व्यवहार मिलाउनुपर्छ ।” लामो समय रोगलाई पालेर नबस्न डा भन्तना सुझाव दिए । भरतपुर अस्पतालका मानसिक रोग विभागका प्रमुख डा सुनिल साह विशेषगरी कोरोना महामारीपछि विभिन्न समस्या लिएर बिरामी आउने गरेको बताउँछन् ।

सङ्क्रमणका समयमा नियमित चेक नगरेका र औषधि प्रयोग नगरेका पूर्ववत् अवस्थामा जटिल समस्या लिएर आउने गरेको उनी बताउँछन् । महामारीपछि पेशा तथा रोजगारी गुमाएर, लामो समय परिवार एकै ठाउँमा बस्दा झैझगडा भएर पनि समस्या आएको उनको बुझाइ छ । मध्यम र न्यून आय भएका देशमा मानसिक समस्या बढेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनचेतनाको कमी छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई उपचार पहुँच छैन ।”

समाजबाट उनीहरु अपहेलित भएको जनाउँदै उहाँले समयमै उपचारका लागि अस्पताल लैजानुको सट्टा धामीझाँक्रीकामा लैजाने प्रचलन अहिले पनि रहेको बताए। रोग नियन्त्रणका लागि परिवार र समाजको महत्वपूर्ण भूमिका हुने साह बताउँछन् । मानसिक रोगसम्बन्धी जनचेतना जगाएर समयमै अस्पताल पठाएर उपचार गर्न सकिएमा रोग निको पार्न सकिने डा साहको भनाइ छ ।

मनोरोग विशेषज्ञ डा सिर्जना भुर्तेल स्वस्थ जीवनशैली अपनाउनसके धेरै मनोरोग नियन्त्रण गर्न सकिने बताउँछन् । सामान्य स्वस्थ जीवनशैली अपनाउने, शारीरिक श्रम र व्यापार गर्ने, आफ्ना कुरा अरुलाई बाँड्ने ९शेयर गर्ने० गरियो भने धेरैजसो मनोरोग नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कुलतमा लागेमा, कसैको आनीबानी र व्यवहार परिवर्तन भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।”

सामान्य अवस्थामा मानिसको सोच, विचार र व्यवहारमा आउने परिवर्तनलाई मनोरोग भनिने बताउँदै उनले भने , “निराश हुनु, राति निन्द्रा नपर्नु, खाना मन नलाग्नु, आत्महत्याको सोच आउनु जस्तो लक्षण मनोरोगका हुन् ।” छड्पटी हुनु, जाँगर नलाग्नु, जिउ पोल्नु, जोर्नी पोल्नु, चिन्ता बढ्नु तर परीक्षण गर्दा केही रोग नदेखिनुलाई मनोरोग भनिने गरेको उनको भनाइ छ ।

पारिवारिक, सामाजिक, आर्थिक, वातावरणमा भइरहेका कुराले असर गरेर मानसिक रोग हुने उनी बताउँछन् । मनोरोगका धेरै भ्रम छन् । रोग लागेको मानिससँग विवाह गर्न हुँदैन, यो रोग सरुवा रोग हो, यो रोग एकपटक लागेपछि जीवनभर औषधि खानुपर्छ भन्ने गलत मान्यता रहेको चिकित्सक बताउँछन् । मुख्यरुपमा आफ्ना कुराहरु बाँड्ने, आफ्नो कुरा सुनाउने र अरुको कुरा सुन्ने गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

मनोरोगबाट बच्नका लागि स्वस्थ जीवनशैली अपनाउन उनीहरुको सुझाव छ । दैनिक व्यायाम, योगा गर्ने, हिँड्ने, निर्धारित समयमा सुत्ने, उठ्ने र खाने गर्नुपर्छ । स्वस्थ मानिसले छदेखि आठ घण्टाको मीठो निन्द्रा निदाउनु पर्दछ । पानी प्रशस्त पिउनुपर्छ । आफ्नो मनोरञ्जनको समय निकाल्ने र मनोरञ्जन गर्ने गर्नुपर्ने चिकित्सक बताउँछन् । चिकित्सक सबैको भनाइमा मनोरोग नियन्त्रण गर्न परिवारले उपयुक्त वातावरण बनाउनुपर्ने देखिन्छ । स्रोत रासस


प्रकाशित : २०७८ आश्विन २४, आईतवार १२:०९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

ज्येष्ठ नागरिकको हक, अधिकार र निरोगितामा प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य

पौष १५ देखि २६ गतेसम्म १३ औँ शुद्धोदन फर्साटिकर कप–२०८२ आयोजना

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech