ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

‘तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोगको कारक’

लुम्बिनी दर्पण २०७८ आश्विन २४, आईतवार १२:०९
[sharethis-inline-buttons]
Image XYZ

२४ आश्विन

तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोग बढाउने मुख्य कारक रहेको चिकित्सकले बताएका छन् । सामाजिक, आर्थिक, वातावरणीय प्रभाव र कुलतका कारण पनि मनोरोग हुने उनीहरुको भनाइ छ । समयमै उपचार गरेमा रोगबाट बच्न सकिने जनाइएको छ ।

 

मनो चिकित्सक डा गिरिराज भन्तना तनावपूर्ण वातावरण घटाउनु पर्ने र स्वस्थ जीवनशैली अपनाउनुपर्ने बताउँछन् । उनले भने, “ यसबाट बचाउनका लागि परिवार, समाज र राष्ट्रको भूमिका हुन्छ ।” बंशाणुगत हिसाबले जोखिममा रहेका व्यक्तिलाई वातावरणीय अनुकूलता मिलाउनुपर्ने उनको भनाइ छ । ब्युटीफूल माइण्ड इन्स्टिच्युट अफ साइक्याट्री, खैरहनीका अध्यक्षसमेत रहनुभएका डा भन्तना मदिरा लागुऔषध दुव्र्यसनीमा मनोरोगको जोखिम बढी हुने बताउँछन् ।

रोग लागिहालेमा विशेषज्ञ चिकित्सकसँग समयमा नै उपचार गरेमा निको हुने उनले बताए । उनले भने “व्यक्तिसँग सुहाउँदा वातावरणीय अनुकूलता मिलाउनुपर्छ । त्यही खालको व्यवहार मिलाउनुपर्छ ।” लामो समय रोगलाई पालेर नबस्न डा भन्तना सुझाव दिए । भरतपुर अस्पतालका मानसिक रोग विभागका प्रमुख डा सुनिल साह विशेषगरी कोरोना महामारीपछि विभिन्न समस्या लिएर बिरामी आउने गरेको बताउँछन् ।

सङ्क्रमणका समयमा नियमित चेक नगरेका र औषधि प्रयोग नगरेका पूर्ववत् अवस्थामा जटिल समस्या लिएर आउने गरेको उनी बताउँछन् । महामारीपछि पेशा तथा रोजगारी गुमाएर, लामो समय परिवार एकै ठाउँमा बस्दा झैझगडा भएर पनि समस्या आएको उनको बुझाइ छ । मध्यम र न्यून आय भएका देशमा मानसिक समस्या बढेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनचेतनाको कमी छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई उपचार पहुँच छैन ।”

समाजबाट उनीहरु अपहेलित भएको जनाउँदै उहाँले समयमै उपचारका लागि अस्पताल लैजानुको सट्टा धामीझाँक्रीकामा लैजाने प्रचलन अहिले पनि रहेको बताए। रोग नियन्त्रणका लागि परिवार र समाजको महत्वपूर्ण भूमिका हुने साह बताउँछन् । मानसिक रोगसम्बन्धी जनचेतना जगाएर समयमै अस्पताल पठाएर उपचार गर्न सकिएमा रोग निको पार्न सकिने डा साहको भनाइ छ ।

मनोरोग विशेषज्ञ डा सिर्जना भुर्तेल स्वस्थ जीवनशैली अपनाउनसके धेरै मनोरोग नियन्त्रण गर्न सकिने बताउँछन् । सामान्य स्वस्थ जीवनशैली अपनाउने, शारीरिक श्रम र व्यापार गर्ने, आफ्ना कुरा अरुलाई बाँड्ने ९शेयर गर्ने० गरियो भने धेरैजसो मनोरोग नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कुलतमा लागेमा, कसैको आनीबानी र व्यवहार परिवर्तन भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।”

सामान्य अवस्थामा मानिसको सोच, विचार र व्यवहारमा आउने परिवर्तनलाई मनोरोग भनिने बताउँदै उनले भने , “निराश हुनु, राति निन्द्रा नपर्नु, खाना मन नलाग्नु, आत्महत्याको सोच आउनु जस्तो लक्षण मनोरोगका हुन् ।” छड्पटी हुनु, जाँगर नलाग्नु, जिउ पोल्नु, जोर्नी पोल्नु, चिन्ता बढ्नु तर परीक्षण गर्दा केही रोग नदेखिनुलाई मनोरोग भनिने गरेको उनको भनाइ छ ।

पारिवारिक, सामाजिक, आर्थिक, वातावरणमा भइरहेका कुराले असर गरेर मानसिक रोग हुने उनी बताउँछन् । मनोरोगका धेरै भ्रम छन् । रोग लागेको मानिससँग विवाह गर्न हुँदैन, यो रोग सरुवा रोग हो, यो रोग एकपटक लागेपछि जीवनभर औषधि खानुपर्छ भन्ने गलत मान्यता रहेको चिकित्सक बताउँछन् । मुख्यरुपमा आफ्ना कुराहरु बाँड्ने, आफ्नो कुरा सुनाउने र अरुको कुरा सुन्ने गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

मनोरोगबाट बच्नका लागि स्वस्थ जीवनशैली अपनाउन उनीहरुको सुझाव छ । दैनिक व्यायाम, योगा गर्ने, हिँड्ने, निर्धारित समयमा सुत्ने, उठ्ने र खाने गर्नुपर्छ । स्वस्थ मानिसले छदेखि आठ घण्टाको मीठो निन्द्रा निदाउनु पर्दछ । पानी प्रशस्त पिउनुपर्छ । आफ्नो मनोरञ्जनको समय निकाल्ने र मनोरञ्जन गर्ने गर्नुपर्ने चिकित्सक बताउँछन् । चिकित्सक सबैको भनाइमा मनोरोग नियन्त्रण गर्न परिवारले उपयुक्त वातावरण बनाउनुपर्ने देखिन्छ । स्रोत रासस


प्रकाशित : २०७८ आश्विन २४, आईतवार १२:०९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा
  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ
  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ
  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

राजनैतिक भागवण्डा नमिल्दा त्रिशक्ति सामुदायिक वन समिति विहिन, अखडा बनेको भन्दै स्वतन्त्र समुहको तालाबन्दी

लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ, ३ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीमा

जितपुर–नन्दनगर नाली निर्माणमा ठेकेदारको गम्भिर लापरवाही, स्थानीयको गोठमा लेदो पस्यो

भारतबेन्जको पार्टर्स आउटलेट बुटवलमा

विद्यालयको जग्गामा टेन्डर गर्दा चलखेल  गरेको  आशङ्का 

लायन्स क्लब अफ बुटवल सेन्ट्रल को अध्यक्षमा बाल्दर

शुद्धोधनमा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्धारा हात्ति पाईले रोग विरुद्ध सचेतना

रुपन्देही–५ मा काग्रेस बाट भरत शाह दम्पती नै सिफारिस

प्रदेश स्तरीय साथी सन्जाल गठन कार्यक्रम सम्पन्न

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech