
बुटवल, आश्विन २४
बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृतकको पहिचान खुलिनसकेको प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । घाइते हुनेहरुमा घटनाको रिपोटिङ गर्न गएका पत्रकारहरु कृष्ण पाण्डे र विश्व ज्ञवालीलाई पत्रकारहरु माथि सुकुम्बासीहरुले आक्रमण गरेका थिए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तैझडपमा परी नेपाल प्रहरी ४ जना, शस्त्र प्रहरी ३ जना र स्थानीय २ जना घाइते भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अझै विवरण आउन बाँकी रहेको बताइएको छ ।
आ्ैद्योगिक क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बाक्लो रुपमा परिचालन गरिएको छ भने जग्गा कब्जा गर्न आएका स्थानीयहरुको पनि बाक्लो उपस्थिति रहेको छ ।