बुटवल, आश्विन २
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा तनाब बढ्दै गएपछि रुपन्देही प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार दिउँसो एक सूचना जारी गरी अपरान्ह ४ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो ।
स्थानीय प्रशासनले स्थितिलाई थप बिग्रन नदिन पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका(१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी अर्को सूचना जारी नभएसम्मकर्फ्यु जारी गरेको हो ।



















