
अछाम , आश्विन २५
जन्ती गएर फर्किएको बोलेरो जीप अछाममा न्चदेवल विनायक नगरपालिका(१ कुईकामा दुर्घटना भएको छ । दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन । से१च१७६३ नम्बरको बोलेरो जीप आइतबार राति दुर्घटनामा परेको हो ।
जीप दुर्घटनामा पन्चदेवल विनायक नगरपालिकाका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा र १७ वर्षका जीवन जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । सोही नगरपालिकाका १७ वर्षीय हिमाल नेपालीको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
घाइते १३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने दुई जनालाई नेपालगन्ज लगिएको छ ।