मोतीपुर झडपमा ७४ जना घाइते

ByLumbini Darpan Online

२५ आश्विन २०७८, सोमबार १३:५१ २५ आश्विन २०७८, सोमबार १३:५१ २५ आश्विन २०७८, सोमबार १३:५१

बुटवल, २५ आश्विन

बुटवलको मोतिपुरमा आइतबार भएको झडपमा ७४ जना घाइते भएका छन्। झडपमा परी नेपाल प्रहरीका ३३ जना, सशस्त्र प्रहरीका २३ जना र स्थानीय १८ जना घाइते भएका हुन ।

घाइतेमध्ये नेपाल प्रहरीका ९ जना उपचाररत रहेका छन् भने र बाँकी डिस्चार्ज भएका छन् । यस्तै सशस्त्र प्रहरीका घाइते भएका काठमाडौँ लगिएका २ जना बाहेक अरु सबै डिस्चार्ज भएका छन् ।

गम्भीर घाइते भएका नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका २ जना गरि ४ जना थप उपचारका लागि काठमाडौँ रिफर गरिएको केसीले बताए ।

झडपमा परी मध्यम घाइते भएकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवा मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *