मोतीपुर घटना परेर मृत्यु भएका परिवारलाई एक लाख दिइने

ByLumbini Darpan Online

२५ आश्विन २०७८, सोमबार १६:११ २५ आश्विन २०७८, सोमबार १६:११ २५ आश्विन २०७८, सोमबार १६:११

बुटवल, असोज २५

लुम्बिनी प्रदेश सरकारले रूपन्देहीको मोतीपुर घटनामा मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।मुख्यमन्त्री केसीले रूपन्देही मोतीपुरका वास्तविक सुकुम्बासीको समस्या हल गर्न सुकुम्बासी समस्या समाधान सुझाव कार्यदल निर्माण बनाउन निर्देशन दिएका छन्।प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले मृतकका परिवारलाई एक(एक लाख रुपैयाँ दिने निर्णय गरेका हुन्।मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी बसेकालाई हटाउने क्रममा आइतबार भएको झडपमा परी चार जनाको मृत्यु भएको थियो।

उनले रूपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई कार्यदल बनाउन निर्देशन दिएका हुन्। यसैगरी दुबै पक्षबाट भएका घाइतेहरूको उपचारको जिम्मेवारी राज्यले लिने पनि मुख्यमन्त्री केसीले बताएका छन्। सोमबार बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले यस्तो निर्देशन दिएका हुन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *