
पोखरा,असोज २५
कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक जना सामान्य घाइते भएका छन् ।
पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।दुर्घटनाको कारण र मृतकको परिचय भने खुलिसकेको छैन ।