ताजा अपडेट

हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

दक्षिणी क्षेत्रमा पनि एमालेप्रति जनसमर्थन बलियो छ : विश्राम प्रसाद चौधरी

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

“सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता

बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै

महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन

राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

कपिलवस्तु–१ मा निर्वाचन गतिविधि तीव्र बनाउने एमालेको निर्णय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

फूलपाती पर्व  घरघरमा फूलपाती भित्र्याएर मनाइँदै

लुम्बिनी दर्पण २०७८ आश्विन २६, मंगलवार १३:४३
[sharethis-inline-buttons]

 

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व  घरघरमा फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

‘केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’ उनले भने । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

यस वर्षको फूलपाती मङ्गलबार अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री, काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीहरूको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।


प्रकाशित : २०७८ आश्विन २६, मंगलवार १३:४३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै
  • राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक
  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
प्रतिक्रिया

यो पनि पढौँ

हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

“सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता

बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै

महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन

राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

कपिलवस्तु–१ मा निर्वाचन गतिविधि तीव्र बनाउने एमालेको निर्णय

शिवरात्रिको अवसरमा लक्ष्मणघाट बोलबम धाममा भक्तजनहरूको भीड

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

भर्खरै

  • हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

  • दक्षिणी क्षेत्रमा पनि एमालेप्रति जनसमर्थन बलियो छ : विश्राम प्रसाद चौधरी

  • कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

  • “सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता

  • बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै

  • महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन

  • राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

  • पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

  • कपिलवस्तु–१ मा निर्वाचन गतिविधि तीव्र बनाउने एमालेको निर्णय

  • शिवरात्रिको अवसरमा लक्ष्मणघाट बोलबम धाममा भक्तजनहरूको भीड


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech