
भैरहवा, २६ आश्विन
आइतबार रुपन्देहीको मोतीपुर औद्योगिक कोरिडोरमा परि ज्यान गुमाउनेको परिवारलाई नेपाल सरकारलाई राहत रकम र किरिया खर्च उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बिज्ञप्ती जारी गर्दै नेपाल सरकारको तर्फबाट मृतकको हकमा किरिया खर्च बापत ५० हजार र राहत स्वरुप प्रति परिवार ५ लाख र प्रदेश सरकारका तर्फबाट प्रति परिवार १ लाख प्रदान गर्न सिफारीस भएको बताएका छन।
बिज्ञप्तीमा सबै घाइतेहरुको उपचार बापत लाग्ने खर्चको लागि पनि नेपाल सरकार र प्रदेश सरकारलाई सिफारीस गरेको जनाईएको छ । जिल्लाका राजनीतिक दलहरुसँग सोमबार भएको समन्वयात्मक बैठकबाट घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धान्जली र परिवारप्रति समवेदना प्रकट समेत गरेको छ । साथै जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम गराउने कार्यमा सबैमा जिल्ला प्रशासन कार्यालयले अपिल पनि गरेको छ ।