
बुटवल ,आश्विन २६
मोतीपुर औद्योगिक क्षेत्रमा लगाएको कर्फ्यू आज राती १२ बजेदेखी हटाउने जिल्ला प्रशासनन कार्यालय रुपन्देहीले जनाएको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गर्दै असोज २४ गते दिउँसो ४ बजेदेखी लगाईएको कर्फ्यू रातीको १२ पछि हटाईने जनाएका हुन।
प्रजिअ तिवारीद्वारा जारी सूचनामा स्थानिय प्रशासन ऐन २०२८ को दफा ट ९क० को अधिकार प्रयोग गरि असोज २४ गते ४ बजे देखी लागु हुने गरि जारी गरिएको कर्फ्यू आदेश आज १२ देखी हटाईएको भनिएको छ ।
कर्फ्यू हटाए पनि भदौ २८ गते देखी नै कायम गरिएको निशेधााज्ञा भने यथावत रहेको सूचनामा उल्लेख छ । पूर्व तर्फ तिनाउ नदी ९ बुटवल उप महानगरपालिका वडा नम्बर १७ देखी वडा नम्बर १८ सौरहिया पुल सम्म०, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन ९ बुटवल उप महानगरपालिका वडा नम्बर १७०, उत्तर शिवनगर रानी गञ्ज बस्ती ९ बुटवल उप महानगरपालिका वडा नम्बर १७० र दक्षिण बुटवल उप महानगरपालिका वडा नम्बर १८ औद्योगिक कोरिडोरको जमिन ९ धन्दापुर सौरहिया सम्म० को क्षेत्रलाई चार किल्ला मानी निषेद्याज्ञा लगाईएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ।