मुगु बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २८ पुग्यो, घाइते १५ जनालाई नेपालगञ्ज पुर्‍याइयो

ByLumbini Darpan Online

२६ आश्विन २०७८, मंगलवार १७:४७ २६ आश्विन २०७८, मंगलवार १७:४७ २६ आश्विन २०७८, मंगलवार १७:४७

लुदअ असोज २६, मुगु
मुगुमा बस दुर्घटना हुँदा २८ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिनामा सडकबाट खस्दा २८ जनाको ज्यान गएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनालाई नेपाली सेना र समिट एअरको हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्जका अस्पतालमा पुर्‍याइएको पनि प्रमुख जिल्ला अधिकारी महतले बताउनुभयो । सामान्य घाइते भएका एक जनालाई भने उपचारका लागि गमगढी पठाइएको छ ।

मृतकको सनाखतका लागि गमगढी अस्पताल पठाउने तयारी भइरहेको छ । तर मृतकलाई अस्पतालसम्म लैजान समस्या रहेकाले भोलि बुधवार बिहानसम्म मात्रै सबैको सनाखत गर्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

बसमा ४५ जना यात्रु रहेको अनुमान गरिएको महतले जानकारी दिनुभयो । बस भिरबाट निकै तल खसेकाले भिर र रुखमा पनि मृतक र घाइते अड्किएको हुन सक्ने शङ्कामा खोजी भइरहेको छ ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, प्रहरी नायब उपरीक्षक ९डीएसपी० चित्रबहादुर भट्टराई सहितको टोली खटिएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *