
सिन्धुली,असोज ३१
सिन्धुलीको कमालामाई नगरपालिका ५ बोझेका तीन किशोरीमाथि सामूहिक बलात्कार भएको छ । तीन बालिकालाई त्यही ठाउँमा बस्ने नौ जना युवकले हिजो शनिवार राति सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बलात्कार गर्नेमध्ये २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई पक्राउ गरिएको कार्यालयका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० रामभक्त भट्टराईलेजानकारी दिए। बाँकी ६ जना फरार रहेका र उनीहरूको खोजी भइरहेको उनले बताएका छन ।
बलात्कृत हुने किशोरीहरू १५, १६ र १७ वर्षका रहेको बताइएको छ । बलात्कृत किशोरीका अभिभावकले किटानी जाहेरी दिइ यस घटनामा संलग्नलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मेडिकल जाँचका क्रममा पनि तीन किशोरीमाथि बलात्कार भएको खुलेको जनाइएको छ ।
बलात्कार गर्नेमध्ये एक युवक र बलात्कृत हुने एक किशोरीबीच पहिलेदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ ।