
काठमाडौं,अशोज ३१
नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी०का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य९किरण० स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् । उनलाई आइतबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । एक्कासी दम बढेर छातिमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको बताइएको छ ।
अस्पताल ल्याएलगत्तै उनको छातिको एक्सरे गरिएको थियो, सो क्रममा सामान्य दाग देखिएको नर्भिक अस्पतालले जनाएको छ । नेता वैद्य लामो समयदेखि दमबाट पीडित भएकाले आइतबार बिहान उनमा देखिएको समस्या गम्भीर नरहेको समेत चिकित्सकहरुले बताएका छन् ।