
यूएई र ओमानमा आजबाट आईसीसी टि–२० विश्वकप सुरु भएको छ । आइतबार ओमानको अल अमारतमा पहिलो चरण अन्तर्गतका दुई खेल हुँदैछन् । उद्धघाटन खेलमा आयोजक ओमान र पपुवा न्युगिनी भिड्दैछन् भने दोस्रो खेलमा बंगलादेशले स्कटल्यान्डसँग खेल्नेछ ।
ओमान र पिएनजीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु भएको छ। यस्तै बंगलादेश र स्कटल्यान्डबीचको दोस्रो खेल पौने ८ बजे सुरु हुनेछ ।
पहिलो चरणको समूह ए मा श्रीलंका, आरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् । समूह बी मा बंगलादेश, स्कटल्यान्ड, ओमान र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर १२ मा स्थान बनाउने छन् ।
सुपर १२ को ग्रुप ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिजसँगै समूह ए को विजेता र समूह बीको उप विजेता रहने छन् । ग्रुप बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेताबीच प्रतिस्पर्धा हुने छ ।
रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जनको क्रममा एक युवाको मृत्यु, पोष्टमार्टमको विषयमा विवाद
३भैरहवा । रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर ४ का २१ बर्षिय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।