
कैलाली ,कात्तिक २
कञ्चनपुर, बैतडी र कैलालीका विभिन्न स्थानमा बाढीमा फसेकाहरुलाई उद्धार गर्न गएको हेलिकप्टर धनगढीमै रोकिएको छ । खराब मौसमसँगै आएको बाढीमा परेर अलपत्र परेकाहरूलाई उद्धार गर्न गएको हेलिकप्टर धनगढीमै रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मौसममा सुधार आएसँगै हेलिकप्टरले उद्धारको कार्य अघि बढाइनेछ ।
बाढीका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा एकै परिवारका ५ जना उद्धारको पर्खाइमा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाइको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरू अहिले रूखमा चढेर ज्यान जोगाइरहेका छन् ।
यसैगरी डोटी र कैलालीको सिमानाको ठूलीगाड बाढीमा खिमडीमा श्रीमान्–श्रीमती फसेका छन् भने बैतडीको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा बाढीका कारण ६० जना उद्धारको पर्खाइमा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।