
काठमाडौं,कात्तिक ४
प्रहरीले मकवानपुरबाट ५ किलो ३०० ग्राम लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।उनीहरुलाई कात्तिक २ गते ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम लोकमार्ग सडकखण्डबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका(५का ४८ वर्षीय प्रेमबहादुर प्रजा र सोही गाउँपालिकाका २२ वर्षीय रविन्द्र प्रजा रहेका छन् ।
हेटौडा तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना १ ज १६७६ नं। को माईक्रो बसलाई रोकी चेकजाँच गर्दा उक्त माईक्रोमा सवार उनीहरुको साथबाट लागुऔषध गाँजा ५ किलो ३०० ग्राम बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।