
बुटवल , कात्तिक ४
आफ्नै घरमा मृत फेला परेकी रुपन्देहीको तिलोत्तमाकी २७ बर्षीय सिता भण्डारीको ४५ दिनपछि अन्त्येष्टि भएको छ । गत भदौ २० गते तिलोत्तमा ५ कफिकम्पनीस्थित घरमा पासो काटिएको अवस्थामा मृत फेला परेकी सिताका माइतीपक्षले बुधबार बुटवलको मगरघाटमा हिजो अन्त्येष्टि गरेका हुन्।
प्रारम्भिक निष्कर्षमा प्रहरीले आत्महत्या रहेको देखाएपनि सिताका आफन्तले लामो समयदेखि घटनाको सत्यतथ्य छानबीन गर्न माग गर्दै आन्दोलन चर्काएका थिए।
प्रहरीले मृतकका श्रीमान टिका पौडेल आमाजु ९दिदी० बिष्णु पौडेल र जेठाजु हरि प्रसाद पौडेल बिरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा पुर्पक्षका लागि थुनामा राखेको छ ।