ताजा अपडेट

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

भकारीमा थन्काउने बेलाको धान खेतमै उम्रेर जमरा बन्यो

लुम्बिनी दर्पण २०७८ कार्तिक ५, शुक्रबार १५:०१
[sharethis-inline-buttons]

नेपालगञ्ज ,कार्तिक ५

बाँके नेपालगञ्ज–२२ पुरैनीका धर्मु गोडिया चिन्तित अवस्थामा देखिन्छन् । उनको यो अवस्था हुनुको कारण गत आइतबारदेखि निरन्तर भएको वर्षातले धान सखाप पारेपछिको हो । आठ जनाको परिवार रहेको गोडिया परिवारको वर्षभरी खान पुग्ने धान हेर्दाहेर्दै लगातारको हावाहुरीसँगैको पानीले डुबाएर सखाप पारेको छ ।

‘पाकेर काटेको धान उठाउन नपाउँदै पानी परेर डुबायो । केही काट्न नपाउँदै हावाहुरीले ढलाएर पानीमै डुबायो । काटेको पनि क्षति, नकाटेको धानमा पनि क्षति भयो’, उनले आफ्नो पीडा पोखे । उनले करिब एक विगाह जमिनमा लगाएको धान पानीका कारण सखाप भएको बताए । खेतमै उम्रेर जमरा बनेको धानका बाला देखाउँदै उनले भने, ‘नकाटौँ वर्षभरी खाउँला भनेर गरेको दुःख, काटाँै जमरा जस्तो उम्रेको धान, के गरौँ ।’

बाँकेमा लगाइएको धानखेतमा यतिबेला पानीले भरिएको छ । किसानहरू आफ्नो मिहेनत जोगिन्छ कि भन्दै पानीमै डुबेर भए पनि डुबेको धान काटेर अग्लो ठाउँमा सुकाउन व्यस्त छन् । ‘अलिकती भए पनि केही जोगिन्छ कि भनेर पानीमा डुबेको धान ओभानो ठाँउमा सार्दै छु । पानीमै कुहेर गन्हाउन थालेको छ । तै पनि झिनो आशले यो दुःख गर्दै छु’, बाँके डुडुवा–४ खालेमसाहका माताप्रसाद कुर्मीले भने ।

लागतार चार दिनसम्म परेको पानीले उनको १३ कठ्ठामा लगाएको धान सबै सखाप पारेको छ । ‘वर्षभरी खाएर बचेको धान बेच्ने गरिन्थ्यो, तर यो वर्ष के खाने हो रु फलेको धान केही खेतको पानीमा डुबेर उम्रेको छ । केही कुहेर गन्हाएको छ’, उनले भने । कुर्मीकै छिमेकी साईना साईले काटेर खेतमा छाडेको धान कुहेर गन्हाउन थालेको बताइन् ।

माथिका गोडिया, कुर्मी र साई त बाँकेका किसानका प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूको जस्तो पीडा जिल्लाका सबै किासनले भोग्नु परेको छ । असोजको अन्तिम सातादेखि परेको पानीका कारण बाँकेका किसानले लगाएको धान सखाप भएको छ । काटेको धान होस् वा नकाटेको धान खेतका गह्रामै उम्रिएको तथा कुहेर गन्हाएको अवस्थामा छ ।

जिल्ला कृषि ज्ञान केन्द्र बाँकेका अनुसार करिब १७ हजार पाँच सय हेक्टर जमिनको धानखेती पूर्ण रूपले डुबेर नष्ट भएको अनुमान गरिएको छ । लगातारको वर्षातको कारण किसानले काटेर खेतमै छाडेको करिब सात हजार पाँच सय हेक्टर जमिनको धान र हावाहुरीका कारण करिब १० हजार हेक्टर जमिनको धान खेतमै ढलेर पानीमा डुबेको कारण नष्ट भएको कृषि ज्ञान केन्द्र बाँकेका बाली विकास अधिकृत शकिल अहमदले जानकारी दिए ।

बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धानखेती गर्ने गरिएको जानकारी दिँदै उनले भने, ‘करिब १० प्रतिशत किसानले मात्र हारबेस्ट गरी धान भित्र्याएको अवस्थामा आएको पानीले बाँकेमा धानखेती अत्यन्त प्रभावित बनाएको छ ।’ उनले वर्षात हुनुअघि केन्द्रले बाँकेमा गरेको प्रारम्भिक सर्भेक्षण अनुसार प्रति हेक्टर ४ दशमलभ ५ मेट्रिक टनका दरले उत्पादन हुने आंकलन गरिएकोमा वर्षातपछि काटेको धान पानीमा डुब्दा र नकाटेको धान खेतमा भरिएको पानीले डुबाउँदा करिब ६० प्रतिशतभन्दा बढी धान नोक्सान हुने आंकलन गरिएको बताए ।

जिल्लाका आठवटै पालिकाका कृषि शाखा र ज्ञान केन्द्रले वर्षातले पारेको क्षतिको तथ्यांक संकलनको लागि किसानको खेतखेतमा जाने गरी खटिएका छौँ । करिब एक साताभित्र पूर्ण तथ्यांक आउन सक्छ’, उनले भने ।(रुद्र सुवेदीरन्युज कारखाना


प्रकाशित : २०७८ कार्तिक ५, शुक्रबार १५:०१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
  • बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष पराजुली
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान

भर्खरै

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

  • घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

  • एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech