ताजा अपडेट

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

मोहन बस्नेतको सांसद पद निलम्बन

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उत्पादनमा अनुदान, किसानमा उत्साह

लुम्बिनी दर्पण २०७८ कार्तिक ६, शनिबार १४:०३
[sharethis-inline-buttons]
Image XYZ

बाग्लुङ्ग ,कार्तिक ६

जैमिनी नगरपालिका–१ कुश्मीशेराका व्यावसायिक किसान विकास पौडेलले दशैंको अघिल्लो दिन सहकारीबाट रु १३ हजार पाए। दैनिक ५० देखि ७० लिटर दूध बिक्री गर्ने पौडेलले पाएको उक्त रकम न त दूध बिक्रीबापत आएको पैसा हो न सहकारीले दिएको बोनस । मेहनत गरेबापत पाएको रकमले विकास प्रफुल्लित थिए । विकासजस्तै जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध सबै व्यावसायिक किसानले दसैँ खर्च हुने गरी धेरैरथोरै पैसा पाए । सहकारीबाट पैसा बोकेर बाहिर निस्केका सबै किसानको मुहारमा छुट्टै चमक थियो ।

गण्डकी प्रदेश सरकार र जैमिनी नगरपालिकाले दुग्ध उत्पादक किसानका लागि दिएको उत्पादनमा आधारित अनुदानले यस वर्ष जैमिनीका किसानले दशैं मनाएका छन् । प्रदेश सरकारले दश महिनाको प्रतिलिटर रु दुई र जैमिनीले प्रतिलिटर रु एकका दरले अनुदान दिएका हुन् । “उत्पादनमा आधारित अनुदानले केही राहत भयो, ढुवानीमा सरकारले साझेदारी गरिदिए हाम्रो दूधले मूल्य पाउँथ्यो”, पौडेलले भने, “बाटोका कारण वर्षायाममा दूध बिक्री गर्नै कठिन हुने गरेको छ ।”

जैमिनीमा रहेका ११ वटा कृषि सहकारी, दुग्ध सङ्कलन केन्द्र र कृषि तथा पशु फार्ममार्फत दूधको बिक्री गर्दै आएका किसानले उत्पादनमा आधारित अनुदान पाएका छन् । “पहिले तीन लाख लिटर दूध उत्पादन होला भन्ने आँकलन भयो, सोहीअनुसारको बजेट व्यवस्था गरियो”, जैमिनी नगरपालिका पशु शाखाका प्रमुख कृष्ण ढकालले भने, “वार्षिक उत्पादन भएको दूधलाई एकमुष्ट मानेर फार्म तथा सहकारीले पेश गरेको तथ्याङ्कका आधारमा अनुदान बाँडेका छौँ ।”

गत आर्थिक वर्ष उत्पादन भएको दूधको अनुदान किसानले यस वर्ष पाएका हुन् । नगरपालिकाले किसानलाई उत्पादनमा प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान दिने नीति बनाएको थियो । “प्रदेशले दिएको अनुदानमा हामीले पनि थप गर्दा किसानले प्रतिलिटर रु तीन पाएका छन्”, ढकालले भने, “अहिले बजेट अभावका कारण वर्षभरिको दिन सकिएन, अर्को वर्ष किसानले उत्पादन गरेको दूधमा सबैमा अनुदान पाउँछन् ।”

जैमिनीको वडा नं १ कुश्मीशेरा, २ को दमेक, ५ को बिनामारे, ४ को सर्कुवा, ७ को जैदी, ८ को छिस्ती, ९ को पैञ्युथन्थाप र १० को राङ्खानीमा किसानले व्यावसायिक दूध उत्पादन गर्दै आएका छन् ।

जैमिनीबाट मात्रै दैनिक एक हजार ५०० लिटरदेखि दुई हजार लिटरसम्म दूध निर्यात हुने गरेको छ । “बजारको प्रबन्ध राम्रो हुने हो र सरकारी साथ भए अझै उत्पादन बढाउन सकिन्थ्यो”, किसान प्रेम पौडेलले भने, “बिक्री भएको दूधको समयमा भुक्तानी पाउँदा मात्रै किसान उत्साहित हुने थियौँ ।स्रोत रासस


प्रकाशित : २०७८ कार्तिक ६, शनिबार १४:०३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मोहन बस्नेतको सांसद पद निलम्बन
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु
  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए
प्रतिक्रिया

यो पनि पढौँ

राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

मोहन बस्नेतको सांसद पद निलम्बन

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

भर्खरै

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

  • मोहन बस्नेतको सांसद पद निलम्बन

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech