
सुर्खेत,कात्तिक, ६
सुर्खेतको वीरेन्द्रनगरको एक सामुदायिक वनमा बम विस्पोट भएको छ । वीरेन्द्रनगर नगरपालिका(७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो ।विस्फोटमा परी दुई जना घाइते भएका छन् ।विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका(६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
उनका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।