एमाले बुटवल उपमहानगरपालिका वडा कमिटीहरूको प्रथम अधिवेशन आज एकसाथ सम्पन्न

ByLumbini Darpan Online

६ कार्तिक २०७८, शनिबार १९:४० ६ कार्तिक २०७८, शनिबार १९:४० ६ कार्तिक २०७८, शनिबार १९:४०

कार्तिक ६, बुटवल

नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा कमिटीहरूको प्रथम अधिवेशन आज एकसाथ सम्पन्न भएका छन् । एमालेको देशव्यापी वडा अधिवेशन अन्तर्गत बुटवलका १९ वटै वडामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरी अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले वडा नम्बर १ को अध्यक्षमा रन्जु भट्टराई वडा नम्बर २ को अध्यक्षमा सारथी अर्याल, वडा नम्बर ३ को अध्यक्षमा पदम रिजाल, वडा नम्बर ४ को अध्यक्षमा निधिराम ज्ञवाली ‘विष्णु’ वडा नम्बर ५ को अध्यक्षमा कौशलराज पोखरेल, वडा नम्बर ६ को अध्यक्षमा राजकुमार भट्टराई, वडा ७ को अध्यक्षमा बसुन्धरा भुसाल,
वडा नम्बर ८ मा नारायण खनाल ‘लेकाली’ वडा नम्बर ९ को अध्यक्षमा भोजबहादुर बुढाथोकी, वडा नम्बर १० को अध्यक्षमा कला केसी चयन भएका छन् ।

त्यस्तैगरी वडा नम्बर ११ को अध्यक्षमा दिननाथ भट्टराई, वडा नम्बर १२ को अध्यक्षमा होमबहादुर क्षेत्री, वडा नम्बर १३ को अध्यक्षमा धु्रव थापा, ‘झविन्द्र’ वडा नम्बर १४ को अध्यक्षमा कृष्ण भुसाल, वडा नम्बर १५ मा पूर्ण काफ्ले, वडा नम्बर १७ को अध्यक्षमा सुर्य न्यौपाने, वडा नम्बर १८ को अध्यक्षमा सागर पंगेनी र वडा नम्बर १९ को अध्यक्षमा चन्द्र सिंह थापा चयन भएको एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *