
लुदअ कपिलवस्तु, कात्तिक ६
जनताको बहुदलीय जनवाद –जिन्दावाद भन्ने मुल नारा सहित नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाणगंङ्गा नगरपालिका वडा नं. ५ को प्रथम वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । सम्पन्न भेलाले बाबुराम अर्यालको अध्यक्षतामा पाँच जनाको पदाधिकारी सहित ३० सदस्यीय वडा कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा खडानन्द गौतम, सचिवमा मधु पाण्डे ,उपसचिवमा जानकी चौधरी र पदम भट्टराई रहेका छन् भने अन्य सदस्यमा रहेका छन् । जस मध्ये १२ सदस्य नगरप्रतिनिधिमा छनौट गरेको पनि भेलाले जनाएको छ ।
भेलालाई सम्बोधन गर्दै वडा नम्बर ५ का वडा अध्यक्ष समेत रहेका एमाले नेता भिष्मराज भुसालले पार्टी मजबुत गराउन आफु र आफ्नो वार्ड भित्र नव निर्वाचित पदाधिकारीको निकै ठुलो भुमिका रहने र नेकपा एमालेमात्र देशलाई सकट बाट मुक्त गराउने पार्टीको रूपमा रहेको हुदा सम्पुर्ण देश प्रेमी जनसमुदाय एक हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा चिरञ्जीवी गिरी ,युवराज पोख्रेल लगाएतले नव गठित पदाधिकारीहरूलाई सफलताको शुभकामना समेत दिएका छन् । कार्यक्रममा बाबुराम अर्यालको अध्यक्षता र झबिलाल पोखरेलको प्रमुख अतिथी रहेका थिए ।
पार्टीका बिभिन्न नेतृत्वमा रहेका प्रतिनिधिको सहभागीता रहेको कार्यक्रम खडानन्द गौतमको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । भेलाले नगर प्रतिनिधिको रूपमा १२ जना सदस्य छ्नोट समेत गरेको छ ।