ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जुम्लाको हवाइ उडान एजेन्टको हातमा

लुम्बिनी दर्पण २०७८ कार्तिक ७, आईतवार १३:५९

जुम्ला ,कार्तिक ७

जुम्लामा हवाइ उडान भर्ने सबैजासो एयरलाइन्स कम्पनीको टिकट एजेन्टले सुरु मै बुकिङ गर्ने भएकाले जुम्लाबासीले वर्षौदेखि यातना खेप्दै आइरहेका छन् । एजेन्टमार्फत टिकट वितरण हुने हुँदा यात्रुले मंहगो रकम तिर्नु परिरहेको छ । एयरपोर्ट स्थापनादेखि नै यो समस्या भए पनि समाधान गर्न तर्फ कुनै पनि निकाय अग्रसर भएको छैन ।

टिकट सुरुमै एजेन्टले कब्जा गर्ने भएकाले यात्रुहरूलाई एयरलाइन्सको कार्यालय कहाँ छ भन्ने समेत थाहा छैन । कोही बिरामी भएर अस्पताल लैजानु परे पनि पहुचवाला वा एजेन्ट खोज्दै हिड्नु पर्ने बाध्यता रहेको यात्रुहरूको दुखेसो छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिकाअनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरले शुक्रबार उडान भर्छन ।

यस्तै नेपाल एयरलाइन्सले आइतबार उडान भर्नु पर्ने तालिका छ । तर जुम्ला आउने जाने सबै यात्रु टिकटबिनै एयरपोर्ट पुग्छन् । उनीहरू टिकट होइन बोर्डिङपासक आधारमा यात्रा गर्ने गर्छन । जुम्ला एयरपोर्टमा यात्राका लागि पाँच सात दिन भौतारिनु सर्वसाधारणका लागि सामान्य भएको स्थानीय षडानन्द आचार्य बताउँछन् ।

यस्तै, केन्द्रीय उपभोक्ता हित संरक्षण मन्च नेपालका उपमहासचिव विष्णु तिमिल्सेनाले सेडुअल फ्लाईटको अनुभूति यहाँका नागरिकले कहिल्यै गर्न नपाएको बताए । उनले भने, ‘म पनि २८ असोजदेखि एयरपोर्टमा विमान कुर्दै बसेको छु ।’

प्रशासनको निर्देशन कार्यान्वयन नै हुँदैन

१३ भदौमा प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई र एयरलाइन्सबीच टिकट पारदर्शिता रुपमा बिक्री गर्ने बिषयमा बैठक बसेको थियो । बैठकले पहिला आएका व्यक्तिलाई टिकट दिने निर्णय भएको थियो । एयरलाइन्सले इटिकटका लागि पहल गर्ने, स्वीकृत तालिका नियमित गर्ने, एयरलाइन्सको कार्यालयहरू स्थापना गर्नेलगायत विषयमा बैठकले निर्णय गरेको छ । तर बैठकका कुनै पनि निर्णय कार्यान्वयन भएको छैन । अहिले त झन जुम्लाबाट जहाज चढेका यात्रुले टिकट चाहिएको खण्डमा नेपालगन्जमा गएर टिकट प्रिन्ट गर्नेु पर्ने बाध्यता छ ।

नागरिक उड्यन प्राधिकरण जुम्लाका अनुसार गत शुक्रवार तारा एयरले मात्रै जुम्लाका लागि उडान गरेको थियो । प्राधिकरण प्रमुख प्रकाश शर्माले अन्य जहाज नभएकाले ताराले मात्रै उडान गरेको बताए । तर यात्रुहरूले भने जहाज कम्पनीले नियमित उडानको सम्झौतालाई अटेर गरेका कारण जुम्लाका यात्रुले पटकपटक दुःख पाउँदै आएको बताएका छन् । तालिका उडानका बारेमा नेपाल नागरिक उड्यन प्राधिकरणले ९ भदौ ०७८ मा प्रश्न सोधे पनि नेपाल वायूसेवा निगम, तारा एयर, समिट एयर, सिता एयरले जवाफ दिएका छैनन् । यहीँ कारण लामो समयदेखि जुम्लामा तालिका अनुसार उडान भएको प्रधिकरणले जनाएको छ ।

यात्रुले कति सामान बोक्ने एजेन्टले तोक्छन्

जुम्लाबाट सुर्खेतसम्म यात्रा गर्ने एक यात्रुले १० किलो सामान लैजान पाउने नियम छ । यस्तै नेपालगन्जसम्म १५ किलो तोकिएको छ । कारणबस कुनै यात्रुको समान एक दुई किलो बढी भएमा एजेन्टले फाल्दिने गरेका छन् । तर पहँचुवाला र एयरपोर्टका एजेन्टका नातागोताले भने एकै जनाले ७० किलोसम्म सामान लान पाउँने एक यात्रुले आरोप लगाए ।

जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको टिकट बिक्री भने कम्पनीमार्फत नै हुने गरेको छ । नागरिक उड्यन प्राधिकरण जुम्लाले नागरिकको सूचना पाउने हकको समेत कुन्ठित गरेको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने, ‘अहिलेसम्म जुम्लाका कुनै पनि नागरिकलाई जुम्ला–नेपालगञ्जका भाडा कति हो भन्ने जानकारी दिएको छैन ।’ यस विषयमा सम्बन्धित निकाय मौन बस्दा नागरिकले मंहगीको मार खेप्दै आइरहेका छन् । जुम्लामा टिकट पाउन जनप्रतिनिधिदेखि मन्त्रीसम्मको पावर लाग्छ । जुम्ला सडक सन्जालमा जोडिए पनि वर्षायाममा बाढी पहिरोका कर्णाली राजमार्ग अवरुद्ध हुँदा एजेन्टहरूले मनलाग्दी भाडा असुल्ने गरेको यात्रुहरू बताउँछन् । स्रोत न्युज कारखाना


प्रकाशित : २०७८ कार्तिक ७, आईतवार १३:५९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech