
हरि आचार्य, कपिलवस्तु
नेकपा एमालेको वडा अधिवेशन धेरैजसो ठाउँमा शनिवार सम्पन्न भएको छ । एमालेले यस पटक युवाहरुलाई निकै अगाडी सारेको पाइएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
शनिवार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशनको एकसाथ उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सुरु भएको थियो ।
बाणगंगा नगरपालिका चार नम्बरका २२ वर्षीय निर्मल शर्मा वडा कमिटी सचिव भएका छन । यसले राजनीतिमा युवा पुस्ताको चासो बढेको भन्दै सबैजना हौसिएका छन । उनी सोहि वडाका पार्टीको जनवर्गीय संघ राष्ट्रिय युवा संघ नेपालका वडा कमिटि सचिव पनि हुन् ।
पार्टीले विश्वास गरेर युवा संघ र पार्टीकै वडा कमिटि सचिव जस्तो महत्वपुर्ण जिम्मेवारी प्रदान गरेकोले सो जिम्मेवारी आफुले कुशलतापुर्वक पुरा गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।