
काठमाडौं ,कात्तिक ७
चालक अनुमतिपत्र ९लाइसेन्स०को नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले कोभिड(१९ का कारण रोकिएको नयाँ आवेदन खोल्न लागेको हो।
नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएपछि विभागले गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा दिइने आवेदन सेवा बन्द गरेको थियो। यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले तिहारअघि नै नयाँ आवेदन खुला गर्ने बताए।