
बुटवल ,कात्तिक ८
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७८ र७९ को सञ्चार क्षेत्रका लागि छुटाइएको परिमार्जित बजेटमा व्यक्तिगत पहुँच र प्रभाव झल्केको भन्दै नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले आपत्ती जनाएको छ । आज विज्ञप्ति प्रकाशित गर्दै सरकारले लोककल्याणकारी रुपमा बजेट बिनियोजन गर्नुपर्नेमा विभेद गरिएको आरोप महासंघ शाखाले जनाएको छ ।
विज्ञप्तिमा विधि पद्धती र आर्थिक अनुशासन विपरित छुट्याइएको सञ्चार सम्वन्धी बजेटलाई तुरुन्त सच्याई समानुपातिक रुपमा वितरण हुने व्यवस्था गर्न व्यवस्था मिलाइएको छ ।
‘सरकार अभिभावकीय भूूमिकामा हुनुपर्छ । तर, बजेट बिनियोजनमा व्यक्तिगत पहुँच र प्रभाव झल्केकाले यसलाई तुरुन्त सच्याउन जोडदार माग गर्दछौं । महासंघले भनेको छ,’ (सबै सञ्चारमाध्यमलाई समान रुपमा सम्बोधन हुने गरि बजेट बिनियोजन गर्नुपर्नेमा केही सञ्चारमाध्यमहरुलाई मात्रै तोकेरै बजेट विनियोजन गरिदा सरकारको अभिभावकीय भूूमिकामाथी प्रश्न उठेको छ ।’
पूूर्ववर्ती सरकारले ल्याएको पत्रकार कल्याणकारी कोषको रकमलाई समेत घटाएकोप्रति आपत्ती जनाउदै कोषको रकमलाई थप बृद्धि गर्न माग समेत गरेको छ ।
विज्ञप्तिमा लम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको ‘सञ्चार विधेयक’ तुरुन्त फिर्ता लिई संविधानको मर्म भावना र पूर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेन्टी गर्न माग गरिएको छ ।